थुलुङ दुधकोशी गाउँपालिकामा सिलाम साक्मा बुनाइ तालिम सुरु



सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा सात दिने फुर्का, धजुरा र सिलाम साक्मा बुनाइ तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजनामा सञ्चालन भएको तालिममा पालिका भित्रका ४० जनाको सहभागीता रहेको छ ।

तालिमको गाउँपालिका उपाध्यक्ष सविता राईले शनिबार उद्घाटन गर्नुभयो । तालिमको उद्घाटन गर्दै उपाध्यक्ष सविता राईले तालिममा सिकेको सीपलाई व्यवसायीक रुपमा प्रयोग गरि आय आर्जनमा जुट्न आग्रह गर्नुभयो । स्थानीय उत्पादनलाई जोड दिने गाउँपालिकाको नीति अनुसार भौतिक पुर्वधार निर्माणसँगै सामाजिक विकासका कार्यक्रमलाई पनि उत्तिकै महत्त्वका साथ सञ्चालन गरिरहेको भन्दै बढी भन्दा बढी लाभ लिनको लागि उहाँले आग्रह गर्नुभयो ।

यस्तै गाउँपालिका प्रवक्ता भोजराज कार्कीले सीपले हरेक व्यक्तिलाई आत्मनिर्भर बन्न सहयोग गर्ने भन्दै सिकेको सीपलाई व्यवहारमा प्रयोग गरि आय आर्जन वृद्धि गर्न अनुरोध गर्नुभयो । गाउँपालिका केन्द्रमा सञ्चालित उक्त तालिमको सहजीकरण अरुणादेवी राई, कल्पना राई र गृष्मा राईले गरिरहनुभएको छ ।

प्रकाशित मिति : 2:01 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा