ताप्लेजुङ बहुउद्देश्यीय सहकारीको २३ औँ साधारण सभा सम्पन्न, ७८ लाख बढी मुनाफा आर्जन




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औँ साधारण सभा सम्पन्न भएको छ । शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा सहकारीले २३ औँ वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन्न गरेको हो । संस्थाले आर्थिक बर्ष २०७९।८० मा ७८ लाख ११ हजार १ सय २ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सो भन्दा अघिल्लो आर्थिक बर्षमा संस्थाले १ करोड १९ लाख ४५ हजार ९ सय ३८ रुपैयाँ खुद नाफा गरेको संस्थाका कोषाध्यक्ष खड्गबहादुर मोक्तानले प्रस्तुत गरेकोे आर्थिक प्रतिवेदनमा उल्लेख छ ।


सहकारीका अध्यक्ष टामन सिग्देलका अनुसार कोरोनाका कारण केही वर्ष सिथिल भएको र भर्खर उठ्तै गरेकालेपनि लगानी र नाफा कम देखिएको वताए । संस्थाको बार्षिक खर्च तथा बिभिन्न कोषमा बितरण हुने रकम कटाई बाँकी रहेको बचत अब संस्थाले शेयर सदस्यहरुलाई लाभाँसको रुपमा बितरण गर्ने छ ।


लगानी नभई संस्थाको कोषमै बढी रकम बसिरहेका कारण मुनाफा समेतमा कम भएको संस्थाका लेखा तथा सुपरीवेक्षण समिति संयोजक तारानाथ बरालले जानकारी दिएका छन । आर्थिक वर्ष २०७८।७९ मा ५ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको थियो । पछिल्लो आर्थिक वर्ष २०७९।८० मा आम्दानी रकम घटेर ३ करोड ८४ लाख ९३ हजारमा सिमित भएको छ । लगानी रकम कम भएकाले खुद बचतमा समेत असर परेको बरालले वताए ।


जिल्ला कै सबै भन्दा पुरानो सहकारी संस्थाको रुपमा रहेको ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाले साधारण सभाको अवसरमा उत्कृष्ट ज्येष्ठ सदस्यको रुपमा पुष्पलाल ओझा र देउ कुमारी हेल्लोकलाई नगद सहित सम्मान पत्रले सम्मान गरेको छ । यस्तै बाल मन्दिर आमा समुहलाई उत्कृष्ट समुहको रुपमा, उत्कृष्ट साना व्यवसायीको रुपमा तारा बेघा र लक्ष्मि कुमार गुरुङ, मध्यम व्यवसायीको रुपमा शेर बहादुर लिम्बु र मिना शेर्पा, उत्कृष्ट ठुला व्यवसायीको रुपमा लिला गुरुङ र होमनाथ पुरीलाई सम्मान गरिएको छ ।


त्यस्तै बढि शेयर लगानी गर्ने हरिमाया गुरुङ र दिनेश अधिकारी, धेरै बचत गर्ने नारायण थापा र मेनुका गुरुङ र बढि व्याज तिर्ने चन्द्रकला अधिकारी र बिर बहादुर मोक्तानलाई नगद सहित सम्मान पत्रले सम्मान गरिएको छ भने उत्कृष्ट बाल बचतकर्ता ईकुञ्जा सेञ्चुरी र मिक्सेहाङ मादेन सम्मानित भएका छन् । ३ हजार १ सय ३५ सदस्य रहेको सहकारीले किबी खेती तथा गाईपालन व्यवसाय लगायतका अन्य व्यवसायमा समेत लगानी गर्दै आई रहेको छ ।


संस्थाले प्रकोपबाट प्रभावित सदस्यलाई दिइने राहत रकममा प्रतिसदस्य ५ सय रुपैयाँ बृद्धि गर्दै २ हजार ५ सय पु¥याएको छ । दुर्घटनाबाट मृत्यु भएका शेयर सदस्यका परिवारलाई काजक्रिया खर्चवापत १० हजार रुपैयाँ आर्थिक सहयाता प्रदान गर्ने समेत सहकारी संस्थाले निर्णय लिएको छ ।

सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत चालू आर्थिक बर्षमा आँखा,दाँत,कान,नाक र घाँटी सम्वन्धी स्वास्थ्यको पहुँच पुग्न नसकेका दुर्गम क्षेत्रहरुमा स्वास्थ्य शिविर सञ्चालन गर्ने संस्थाको निश्कर्ष छ । यस्तै कम्तिमा ५ वटा स्वास्थ्य संस्थालाई एक–एक थान वाटर डिस्पेन्सर प्रदान गर्ने समेत उक्त सहकारी संस्थाले घोषणा गरेको छ ।


दायित्व पूर्तिको स्पष्ट व्यवस्था भई घाटाको सर्त नभएका कुनै किसिमका सहकारी संस्था एकिकरण हुन वा बिलय हुन चाहेमा सो प्रकृयामा खुल्ला रहने निर्णय समेत ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाले लिएको छ । सचिव तेजबहादुर भट्टराई खत्रीका अनुसार फुङलिङ नगरपालिकाका ११ वटै वडा,फक्ताङ्लुङ गाउँपालिकाको वडा नं ३,४ र ६,मिक्वाखोला गाउँपालिकाको वडा नं १ र २ संस्थाको कार्यक्षेत्रमा समेटिएका छन् । यस्तै मैवाखोला गाउँपालिकाको वडा नं ३ र ४,आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ३,४ र ५ तथा पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं १ र २ संस्थाको कार्यक्षेत्रमा पर्ने भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रममा फुङलिङ नगरप्रमुख अमिर मादेन,उपप्रमुख भीमादेवी ओझा,जिल्ला सहकारी संघका उपाध्यक्ष चित्राकुमारी लिम्बू सहित अन्य जनप्रतिनिधि तथा शेयर सदस्यहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार १४:५२

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित

८ सय बढीले गराए मतदाता नामावलीमा नाम दर्ता

ताप्लेजुङ । ताप्लेजुङका ८ सय बढीले मतदाता नामावलीमा नाम दर्ता