संस्कृति संरक्षण गर्न ताप्लेजुङमा प्रतिस्पर्धात्मक प्रस्तुति



ताप्लेजुङ । चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा ताप्लेजुङमा संस्कृति संरक्षण साथै प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रस्तुतिमा प्रतिस्पर्धा गराइएको छ। लिम्बू समुदायले आफ्नो संस्कृतिअन्तर्गत च्याब्रुङ नाच (केःलाङ), धान नाच ९याःलाङ० लगायतका प्रस्तुतिमा प्रतिस्पर्धा गराएको हो।

किराँत लिम्बूहरूको महान् चाड चासोक तङ्नामलाई भव्य बनाउन अन्तर–जिल्लास्तरीय खेलकुद गतिविधिसहितका कार्यक्रम गरेर मनाएका छन्। चासोक तङ्नाम सञ्चालन समितिका संयोजक चन्द्रकुमार थेबे लिम्बूका अनुसार कार्यक्रममा सहभागिता बढाउन प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरिएको हो। खेल गतिविधिसँगै संस्कृति संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले संस्कृति प्रस्तुतिमा प्रतिस्पर्धा गराएको उहाँले बताउनुभयो।

लिम्बू संस्कृतिमा आधारित च्याब्रुङ नाच, धान नाच लगायतमा सहभागितामा आकर्षित गराउन प्रतिस्पर्धा गराएको जानकारी दिनुभयो। संस्कृति प्रस्तुतिमा प्रतिस्पर्धा गराएका कारण सोचेभन्दा धेरै टोली सहभागी भएको र आ–आफ्नो प्रस्तुति प्रस्तुत गरेका उहाँले बताउनुभयो। उहाँकाअनुसार स्थानीय मात्र नभई छिमेकी जिल्ला पाँचथरबाट समेत संस्कृतिको प्रस्तुति प्रतिस्पर्धामा सहभागी भएका थिए। प्रतिस्पर्धात्मक प्रस्तुतिले संस्कृति संरक्षणमा सहयोग पुग्ने विश्वास लिएको उहाँको भनाइ छ।

एक सातासम्म सञ्चालन भई बुधबार सम्पन्न भएको चासोक तङ्नाम कार्यक्रमअन्तर्गत च्याब्रुङ नाच र धान नाचमा आधा दर्जन बढी टोलीले सहभागिता जनाएका थिए। समितिका अनुसार च्याब्रुङ (केःलाङ) प्रतियोगितामा धिमाले याक्थुङ केलाङ सयङ याङ्वरक गाउँपालिका–२ पाँचथर प्रथम भएको छ। यस्तै ताप्लेजुङको आनी साक्थिम प्रशिक्षण केन्द्र द्वितीय र जिल्लाकै किराँत याक्थुङ चुम्लुङ लिम्बू कलाकार परिषद् तृतीय बनेको छ।

च्याबुङका विजेता प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको चासोक तङ्नाम सञ्चालन समितिका सहसंयोजक दिनेश लिङ्खिमले जानकारी दिनुभयो। त्यस्तै धान नाच (याःलाङ)तर्फ मेरिङ्देन गाउँपालिकाबाट सहभागी तेजबहादुर चोङ्बाङ लिम्बूको समूह प्रथम भएको थियो। धान नाच प्रस्तुतिमा प्रथम भएसँगै लिम्बूको समूहले १५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेको छ। द्वितीय भएको याक्थुङ पालाम समूह फुङ्लिङ नगरपालिका–६ र तृतीय बनेको आनी साक्थिम प्रशिक्षण केन्द्रको टोलीले क्रमशः १० हजार र पाँच हजार रुपियाँ नगद पुरस्कार पाएको छ।

लिम्बू संस्कृतिअन्तर्गत नै रहेको धनुषकाण (लिःतोङ) हान्ने प्रतिस्पर्धातर्फ पाँच दर्जन बढी सङ्ख्यामा सहभागी भएका थिए। धनुषकाणमा फुङ्लिङ नगरपालिका–४ का दीपेन्द्र मादेन प्रथम, फुङ्लिङ नगरपालिका–३ का आनिन पालुङ्वा र मिक्वाखोला गाउँपालिका–३ की सुनिता पाङ्बो लिबाङ तृतीय बन्दै नगद पुरस्कार जित्नुभएको चासोक तङ्नाम सञ्चालन समितिले जानकारी दिएको छ। यसखाले प्रतिस्पर्धात्मक प्रस्तुति वा प्रतियोगिताले संस्कृति संरक्षणमा टेवा पुग्ने साथै चासोक तङ्नाम पर्व साझा बनाउनमा सहयोग पुग्ने अपेक्षा राखिएको चासोक तङ्नाम सञ्चालन समितिका कोषाध्यक्ष कुलदीप मादेनले बताउनुभयो।Gorkhapatraonline

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  १२ : ५५ बजे

मेयर कप पुरुष भलिबलको उपाधि पाथीभरा याङवरकको पोल्टामा 

ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव २०८१ सालको अवसरमा सञ्चालन भएको

ताप्लेजुङ पर्यटन महोत्सव : खुल्ला पुरुष म्याराथन प्रतियोगितामा प्रथम भए होमलाल श्रेष्ठ

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को

ताप्लेजुङ पर्यटन महोत्सव : महिला हाफ म्याराथन प्रतियोगितामा प्रथम भए सुनसरी रोकाय

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को

ताप्लेजुङ पर्यटन महोत्सव : फुङलिङ–पाथीभरा साइकलयात्रा

ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको १ लाख ४१ हजार नजिक

सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । आज सुनको