पाथीभरा दर्शन गरेर फर्किदै गरेको बाईक तुसारोका कारण दुर्घटना, एक घाईते



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरको दर्शन गरेर फर्किने क्रममा बाईक दुर्घटना हुँदा एक जना घाईते भएका छन् । घाईते हुनेमा ईलामको देउमाई नगरपालिका ६ का २७ वर्षिय ईश्वर राउत रहेको पाथीभरा क्षेत्र विकास समितीका अध्यक्ष रक्कि थेवेले बताए ।

उनका अनुसार पाथीभरा क्षेत्रमा परेको अत्याधिक तुसारोका कारण काफ्लेपाटी भन्दा तल तेस्रे भन्ने ठाउँमा बाईक दुर्घटना हुँदा राउतको हातमा चोट लागेको र उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाईएको छ ।

अध्यक्ष थेबेले यो समय हिउँ तथा तुसारो पर्ने समय भएकाले दर्शन गर्न आउने दर्शनार्थीलाई सजगता अपनाउन आग्रह गरेका छन् । दुर्घटनाको विषयमा थप अुनसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : 4:19 am

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई