पाथीभरा दर्शन गरेर फर्किदै गरेको बाईक तुसारोका कारण दुर्घटना, एक घाईते



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरको दर्शन गरेर फर्किने क्रममा बाईक दुर्घटना हुँदा एक जना घाईते भएका छन् । घाईते हुनेमा ईलामको देउमाई नगरपालिका ६ का २७ वर्षिय ईश्वर राउत रहेको पाथीभरा क्षेत्र विकास समितीका अध्यक्ष रक्कि थेवेले बताए ।

उनका अनुसार पाथीभरा क्षेत्रमा परेको अत्याधिक तुसारोका कारण काफ्लेपाटी भन्दा तल तेस्रे भन्ने ठाउँमा बाईक दुर्घटना हुँदा राउतको हातमा चोट लागेको र उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाईएको छ ।

अध्यक्ष थेबेले यो समय हिउँ तथा तुसारो पर्ने समय भएकाले दर्शन गर्न आउने दर्शनार्थीलाई सजगता अपनाउन आग्रह गरेका छन् । दुर्घटनाको विषयमा थप अुनसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : 4:19 am

हुलाक कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम

ताप्लेजुङ, माघ १६ गते । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जिल्ला

फक्ताङ्लुङद्वारा उच्च शिक्षा र प्राविधिकका विद्यार्थीलाई छात्रवृति

सौगात विष्टताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका

प्रथम लिङ्तेप गोल्डकपको उपाधि पाँचथरलाई

 ताप्लेजुङ, माघ १३ गते । प्रथम लिङ्तेप गोल्डकपको उपाधि कुम्मायक कुसायक

प्रथम लिङ्तेप गोल्डकप : उपाधिका लागि साथीभाइ र पाँचथर भिड्दै 

ताप्लेजुङ, माघ १३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपमा जारी