अब ई–पासपोर्ट फारम  प्रशासन  कार्यालयभित्रै  निशुल्क भर्न सकिने 



ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कार्यालयभित्रै ई–पासपोर्ट फारम निशुल्क भर्न सुरु गरेको छ। सेवाग्राहीको कामकाजमा सहजीकरण गर्ने  उदेश्यले ई–पासपोर्टको फाराम निःशुल्क भर्ने व्यवस्था आज बाट सुरु भएको हो ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बिचौलिया अन्त्य गर्नका लागि ई–पासपोर्टको फाराम निःशुल्क भर्ने व्यवस्था सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी टङ्क बहादुर भट्टराईले जानकारी दिनुभएको छ । 

 ई–पासपोर्टका लागि फाराम भर्न सेवाग्राहीले पाइरहेको झन्झट र बिचौलियालाई रकम तिरेर फाराम भराउनु पर्ने बाध्यतालाई तोड्दै सेवाग्राहीलाई छिटो छरितो चुस्त बनाएर लैजाने अभियानमा लागेको भट्टराईको भनाई छ । उहाँका अनुसार कार्यालय समयभित्र आफ्नै कर्मचारीद्वारा कोठा नं. १५ मा सो फम भर्ने व्यवस्था मिलाइएको छ ।

केही दिन अघि पत्रकार भेटघाटमा प्रमुख जिल्ला अधिकारी हिरादेवि पौडेललाई पत्रकारहरुले ई–पासपोर्ट भर्दा सर्वसाधारणले दुख पाएको र बिचौलियाले प्रशासन बाहिर फर्म भर्दा तीन सय देखि त्योभन्दा माथिसम्म रकम तिर्दा  ठगिएको र सास्ती समेत ब्यहोर्नु परेको गुनासो आउने गरेको जानकारी गराएका थिए ।

प्रकाशित मिति : 12:04 pm

पाथीभरामा सङ्कलित सुन तथा चाँदी फेरी लिलामीमा

ताप्लेजुङ, पुस ११ गते । पाथीभरा मन्दिरमा सङ्कलन भएको सुन

फक्तालुङमा आगलागी हुँदा ९ लाखको क्षति

ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको फक्तालुङ गाउँपालिका–५ हेल्लोकमा आगलागी

एकअर्काको धर्मप्रति सम्मान गरौँ : मेयर मादेन

ताप्लेजुङ, पुस १० गते । फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले

सिदिङ्वा गाउँपालिकाको आफ्नै चिनारी तथा पहिचान झल्किने लोगो निर्माण

ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आफ्नो प्रतीक

पाथिभरालाई प्रभावकारी बनाउन वत्तृत्वकला प्रतियोगिता सञ्चालन हुने 

सौगात विष्ट  ताप्लेजुङ, पुस १० गते । पाथिभरा बहुमुखी क्याम्पस