अब ई–पासपोर्ट फारम  प्रशासन  कार्यालयभित्रै  निशुल्क भर्न सकिने 



ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कार्यालयभित्रै ई–पासपोर्ट फारम निशुल्क भर्न सुरु गरेको छ। सेवाग्राहीको कामकाजमा सहजीकरण गर्ने  उदेश्यले ई–पासपोर्टको फाराम निःशुल्क भर्ने व्यवस्था आज बाट सुरु भएको हो ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बिचौलिया अन्त्य गर्नका लागि ई–पासपोर्टको फाराम निःशुल्क भर्ने व्यवस्था सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी टङ्क बहादुर भट्टराईले जानकारी दिनुभएको छ । 

 ई–पासपोर्टका लागि फाराम भर्न सेवाग्राहीले पाइरहेको झन्झट र बिचौलियालाई रकम तिरेर फाराम भराउनु पर्ने बाध्यतालाई तोड्दै सेवाग्राहीलाई छिटो छरितो चुस्त बनाएर लैजाने अभियानमा लागेको भट्टराईको भनाई छ । उहाँका अनुसार कार्यालय समयभित्र आफ्नै कर्मचारीद्वारा कोठा नं. १५ मा सो फम भर्ने व्यवस्था मिलाइएको छ ।

केही दिन अघि पत्रकार भेटघाटमा प्रमुख जिल्ला अधिकारी हिरादेवि पौडेललाई पत्रकारहरुले ई–पासपोर्ट भर्दा सर्वसाधारणले दुख पाएको र बिचौलियाले प्रशासन बाहिर फर्म भर्दा तीन सय देखि त्योभन्दा माथिसम्म रकम तिर्दा  ठगिएको र सास्ती समेत ब्यहोर्नु परेको गुनासो आउने गरेको जानकारी गराएका थिए ।

प्रकाशित मिति : 12:04 pm

फुङलिङमा आधारभुत जीवन रक्षा र आपत्तकालीन गम्भिर हेरचाह तथा प्राथमिक उपचार सम्बन्धि तालिम सम्पन्न

ताप्लेजुङ, जेठ १० गते । ताप्लेजुङको फुङलिङ नगरपालिकामा आधारभुत जीवन

“मुक्कुम्लुङ क्षेत्रमा केबलकार खारेजी” सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

ताप्लेजुङ, जेठ १० गते । ताप्लेजुङको मुक्कुम्लुङ क्षेत्रमा केबलकार निर्माणको

दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिता हुने 

ताप्लेजुङ, जेठ १० गते । दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिता

ताप्लेजुङका ९ उत्कृष्ट कृषक सम्मानित 

ताप्लेजुङ, जेठ ८ गते । ताप्लेजुङका ९ जना उत्कृष्ट कृषकलाई