एमालेलाई कमजोर नबनाई कुनै शक्तिको इच्छा पुरा नहुने बुझेर आक्रमण भएको हो : योगेश भट्टराई



ताप्लेजुङ । प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सचिव योगेश कुमार भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहलाई उद्योग सञ्चालन गर्न सुझाव दिनु भएको छ । आज नेपाल पत्रकार महासङ्घको सभाहलमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो भन्नु भएको हो । 

उहाँले पूर्व राजालाई हिजो कमाएको पैसालाई विदेशी बैंकमा राख्नु भन्दा पनि यहाँ स्वदेशमा ल्याएर लगानी गर्न सुझाव दिदैँ त्यो लगानीको संरक्षण नेपाल सकारले गर्ने बताउँनु भएको छ । तर राजनीतिक अधिकारको निम्ति फेरी सडकमा आउँने हो भने झस्केलाबाट होइन ढोकाबाट आउन आग्रह गर्नु भएको छ । उहाँले भन्नु भयो, “कुसित मनसायले आजको राजनीतिक अस्थिरता मचाउनु, यहाँको धार्मिक सहिष्णुतालाई बिथोल्न, जातीय एकतालाई बिथोल्न ज्ञानेन्द्र शाहका नाममा जे गतिविधि भइरहेका छन्। यो नेपाली जनता र नेपाललाई स्वीकार्य छैन र संविधानले त्यो अधिकार पनि दिदैँन । यदि त्यसरी जाने हो भने उनी माथि कारबाही हुन्छ ।” 

आजको संविधान आजको व्यवस्था, गणतन्त्र, लोकतन्त्र, संघीयता र बहुदलको सबैभन्दा बढि पहरेदार एमाले भएकोले विभिन्न आन्दोलनको नाममा एमालेलाई निशाना लगाइएको उहाँले बताउनु भएको छ । उहाँले भन्नु भयो, “सुन्डा मसुन्डाहरु खडा गरेर एमाले माथि निसाना गर्ने, काठमाडौंमा प्रर्दशन गर्ने एमाले माथि निसान लाउने, किन एमाले माथि निसाना लाउने ? भन्दा आजको संविधान आजको व्यवस्था, यो गणतन्त्र, यो लोकतन्त्र, सङ्घीयता, यो बहुदलीय व्यवस्था यो लोकतन्त्रको सबभन्दा पहरेदार को हो भन्दा एमाले ! जतिय एकतालाई भत्किन नदिने को त भन्दा एमाले ! यहाँको धार्मिक सद्भावलाई भत्किन नदिने को त भन्दा एमाले हो ।” 

एमाले जस्तो बलियो पार्टीलाई कमजोर नबनाई कुनै पनि शक्तिको इच्छा पुरा हुँदैन भन्ने बुझेर एमाले माथि आक्रमण भएको उहाँले बताउनु भएको छ । एमाले संयम छ, एमालेले संयमताका साथ आफ्नो काम गरिरहेको पनि जानकारी गराउनु भएको छ । तर, एमाले सधैँ चुपलागेर नबस्ने भन्दै आवश्यक परे एमाले पनि सडकमा उत्रिने चेतावनी समेत दिनु भएको छ । 

प्रकाशित मिति : 1:39 pm

आठराई त्रिवेणीले बढायो बजेट सिलिङ, मैवाखोलामा सबै वडालाई समान

ताप्लेजुङ, असार ५ गते । ताप्लेजुङका दुई स्थानीय तहले आगामी

 भौगोलिक क्षेत्रभित्र रहेका जग्गाधनीलाई विवरण सच्याउन पाथीभरा याङवरकको आग्रह 

सौगात विष्ट  ताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले

पाथीभरा याङवरकद्धारा वैदेशिक रोजगारीबाट फर्किएकालाई वेल्डिङ मेसिन 

सौगत विष्टताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले वैदेशिक

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी