ताप्लेजुङमा फूलको मूल्य महँगियो



ताप्लेजुङ । ताप्लेजुङमा यस वर्षको तिहारमा फूलको मूल्य महँगिएको छ । सदरमुकाम फुङ्लिङस्थित तोक्मेडाँडामा लाग्ने शनिबारे हाटमा विगतका वर्षभन्दा यो वर्ष महँगो मूल्यमा फूलको कारोबार भएको हो ।

जिल्लामा हालसम्म व्यावसायिक फूल खेती नभएको र ग्रामीण भेगका किसानले उत्पादन गर्ने फूलमा भर पर्नुपर्ने अवस्था रहेको छ । स्थानीय किसानका अनुसार उत्पादन कम भएपछि बजारमा फूलको मूल्य महँगो पर्नेगरेको छ । मागअनुसार फूलको उत्पादन नभएकाले मूल्य महँगिएको व्यवसायी बताउँछन् ।

शनिबारे हाटमा प्रतिमुठा ५० देखि एकसय ५० रुपियाँसम्ममा फूलको कारोबार भएको छ । सयपत्री फूलभन्दा मखमली फूलको मूल्य दोब्बर महँगो भएको उपभोक्ताले बताएका छन् ।

तिहारका लागि फूल आवश्यक भएपछि बिक्री गर्न आएका व्यवसायीले भने जति नै मूल्य लगाएर फूल खरिद गर्न बाध्य भएको सदरमुकामवासी उपभोक्ताको भनाइ छ ।

बजारवासीले ग्रामीण क्षेत्रबाट आउने फूलमा भर पर्नुपर्ने बाध्यता रहेको उपभोक्ताहरु बताउँछन् । बजारबासीका लागि विकल्प नभएपछि ग्रामीण क्षेत्रबाट बिक्री गर्न ल्याइएका फूल महँगो भए पनि खरिद गर्न बाध्य हुनुपर्ने अवस्था रहेको उनीहरुको भनाइ छ । फूलको पर्वका रुपमा समेत मान्ने गरिएको तिहारमा घरढोका, भाँडाकुँडा सजाउनदेखि लक्ष्मीपूजा, भाइटीकामा फूलमालाको अधिक प्रयोग गर्ने चलन रहिआएको छ । गोरखापत्र अनलाइन

प्रकाशित मिति : 12:58 am

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित

फुङ्लिङ–याम्फुदिन–कञ्चनजङ्घा बेस क्याम्प सडक कालोपत्रे कार्यको शिलान्यास

ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङको फुङ्लिङ (तोक्मेडाँडा)–दोखु–कामीडाँडा–थेचम्बु–चाक्सिबोटे–खाम्देम्बे–तेल्लोक–याम्फुदिन हुँदै कञ्चनजङ्घा