फक्ताङलुङ गाउँपालिकाद्धारा “रेष्टिकेट एरिया” परमिट खुल्ला गर्न सरकारको ध्यानाकर्षण



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले पर्यटकिय क्षेत्रहरुमा अहिले सम्म कायम रहेको निशेधित क्षेत्र(रेष्टिकेट एरिया परमिट)खुल्ला गर्न नेपाल सरकारको ध्यानाकर्षण गरेको छ । गाउँपालिका अध्यक्ष राजन लिम्बु(मुक्ति)को सहित पुगेकोे टोलीले संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीसंग भेट गरी पर्यटन क्षेत्रका बिद्यमान समस्या बारे सरकारलाई अवगत गराउँदै समस्या समाधान गर्न पहल गरिदिन आग्रह गरेको हो ।

टोलीका सदस्य एव्म फक्ताङ्लुङ गाउँ कार्यपालिका सदस्य मिङ्माडण्डु शेर्पाले फक्ताङ्लुङ गाउँपालिका वडा नं ६ लेलेप र वडा नं ७ ओलाङ्चुङगोला,सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिन सहितको कञ्चनजंघा क्षेत्र र मिक्वाखोला गाउँपालिकाको वडा नं ५ पापुङको(तोक्पेगोला) क्षेत्रमा कायम रहेको पर्यटक निशेधित क्षेत्र खुल्ला गर्न सरकारसंग माग गरिएको बताए । टोलीले निशेधित क्षेत्रमा हवाई उद्धार उडानका क्रममा पूरा गर्नुपर्ने प्रकृया झञ्झटिलो रहेकोले त्यसलाई खुकुलो बनाउन समेत सरकारको ध्यानाकर्षण गरेको जनाएको छ । जवाफमा मन्त्री राईले यससंग सम्वन्धित निकाय तथा अधिकारीसंग छलफल गरी आवश्यक निर्णय लिने बचन दिएको टोली सदस्य शेर्पाले जानकारी दिनुभयो ।

यस्तै उत्तरी दुर्गम क्षेत्रका पर्यटकिय स्थलहरुको प्रवद्र्धन,पदमार्ग निर्माण र पर्यटकिय क्षेत्रहरुमा पूरा हुनुपर्ने पूर्वाधार सहितका संरचनाको थप व्यवस्थापनका लागि सरकारलाई अवगत गराएको जनाएको छ ।

पर्यटकिय क्षेत्रहरुमा जो पायो त्यहिँ व्यक्ति जान नपाउने अवस्थालाई निशेधित क्षेत्र अर्थात् रेष्टिकेट एरिया परमिट भन्ने गरिन्छ ।

ताप्लेजुङको कञ्चनजंघा,मिक्वाखोलाको तोक्पेगोला सहितका हिमाली क्षेत्रका ७३ नाका अहिले पनि निशेधित क्षेत्रको रुपमा रहेको पाइन्छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार १४:०९

आठराई त्रिवेणीद्वारा लक्ष्य भन्दा दोब्बर बढी राजश्व सङ्कलन

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले लक्ष्य भन्दा दोब्बर बढी

ताप्लेजुङमा चट्याङ लागेर घाइते भएका एकको मृत्यु 

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङले लागी घाइते हुनुभएका एक जनाको मृत्यु

अनेरास्ववियु सिरीजङ्गा गाउँपालिका कमिटीद्वारा कम्प्युटर तालिम प्रदान 

ताप्लेजुङ । अनेरास्ववियु सिरीजङ्गा गाउँपालिका कमिटीको आयोजनामा आधारभूत कम्प्युटर कक्षा

सुनमा लगाइएको विलासिता करको विरुद्धमा ताप्लेजुङमा विरोध प्रर्दशन

ताप्लेजुङ । सुन तथा सुनका गरगहनामा लगाइएको विलासिता करको विरुद्धमा

ताप्लेजुङको सिदिङ्वा धाममा राखिएको मूर्ति तोडफोड

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सिदिङ्वा धाम मन्दिरमा राखिएको श्री