फक्ताङलुङ गाउँपालिकाद्धारा “रेष्टिकेट एरिया” परमिट खुल्ला गर्न सरकारको ध्यानाकर्षण



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले पर्यटकिय क्षेत्रहरुमा अहिले सम्म कायम रहेको निशेधित क्षेत्र(रेष्टिकेट एरिया परमिट)खुल्ला गर्न नेपाल सरकारको ध्यानाकर्षण गरेको छ । गाउँपालिका अध्यक्ष राजन लिम्बु(मुक्ति)को सहित पुगेकोे टोलीले संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीसंग भेट गरी पर्यटन क्षेत्रका बिद्यमान समस्या बारे सरकारलाई अवगत गराउँदै समस्या समाधान गर्न पहल गरिदिन आग्रह गरेको हो ।

टोलीका सदस्य एव्म फक्ताङ्लुङ गाउँ कार्यपालिका सदस्य मिङ्माडण्डु शेर्पाले फक्ताङ्लुङ गाउँपालिका वडा नं ६ लेलेप र वडा नं ७ ओलाङ्चुङगोला,सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिन सहितको कञ्चनजंघा क्षेत्र र मिक्वाखोला गाउँपालिकाको वडा नं ५ पापुङको(तोक्पेगोला) क्षेत्रमा कायम रहेको पर्यटक निशेधित क्षेत्र खुल्ला गर्न सरकारसंग माग गरिएको बताए । टोलीले निशेधित क्षेत्रमा हवाई उद्धार उडानका क्रममा पूरा गर्नुपर्ने प्रकृया झञ्झटिलो रहेकोले त्यसलाई खुकुलो बनाउन समेत सरकारको ध्यानाकर्षण गरेको जनाएको छ । जवाफमा मन्त्री राईले यससंग सम्वन्धित निकाय तथा अधिकारीसंग छलफल गरी आवश्यक निर्णय लिने बचन दिएको टोली सदस्य शेर्पाले जानकारी दिनुभयो ।

यस्तै उत्तरी दुर्गम क्षेत्रका पर्यटकिय स्थलहरुको प्रवद्र्धन,पदमार्ग निर्माण र पर्यटकिय क्षेत्रहरुमा पूरा हुनुपर्ने पूर्वाधार सहितका संरचनाको थप व्यवस्थापनका लागि सरकारलाई अवगत गराएको जनाएको छ ।

पर्यटकिय क्षेत्रहरुमा जो पायो त्यहिँ व्यक्ति जान नपाउने अवस्थालाई निशेधित क्षेत्र अर्थात् रेष्टिकेट एरिया परमिट भन्ने गरिन्छ ।

ताप्लेजुङको कञ्चनजंघा,मिक्वाखोलाको तोक्पेगोला सहितका हिमाली क्षेत्रका ७३ नाका अहिले पनि निशेधित क्षेत्रको रुपमा रहेको पाइन्छ ।

प्रकाशित मिति : 2:09 pm

मिक्वाखोला:थलङ स्पोर्टिङ क्लब र रेड डेभिल्स ईलाम फाईनलमा भिड्ने

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ थलङमा जारी आमन्त्रीत

फुङलिङले चुम्यो कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कप उपाधि

ताप्लेजुङ, मङ्सिर २० गते । कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कपको

सेसेलुङ महिला गोल्ड कप : आज उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर २० गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

मिक्वाखोला : थलङ स्पोर्टिङ क्लब र फङफङदेन स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ साँबामा जारी आमन्त्रीत

 सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला