ताप्लेजुङमा पनि पाथीभरा याङ्वरकबाट सुरु भयो कार्य सम्पादन सम्झौता



ताप्लेजुङ । पाथीभरा याङ्वरक गाउँपालिकाले कार्य सम्पादन सम्झौता सुरु गरेको छ । पाथीभरा याङ्वरले सुरु गरेसँगै ताप्लेजुङमा पनि कार्य सम्पादन सम्झौता सुरु भएको छ । बुधबार गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत बिच २३ बुँदे कार्य सम्पादन सम्झौता भएको हो ।

कार्य सम्पादनमा सुधार ल्याउँदै जन चाहना अनुसार काम गर्ने प्रण सहित गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा र प्रमुख प्रशासकीय अधिकृत अभिषेक घिमिरेबीच कार्यसम्पादन सम्झौता भएको छ ।

सम्झौतामा सभा र कार्यपालिकाले गरेका निर्णय अक्षरस कार्यान्वयन गर्ने,बार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयन,अनुगमन तथा मूल्याङ्कन गर्ने,कोष तथा आर्थिक कारोवारको हिसाव तथा अभिलेख दुरुस्त राख्न लगाउने,लेखा परीक्षण गराउने र बेरुजु फस्र्यौट गर्ने गराउने प्रमुख जिम्मेवारी प्रशासकीय अधिकृतको हुने उल्लेख छ ।

यस्तै गाउँपालिकाको चल अचल सम्पत्तिको संरक्षण गर्ने,लगत राख्ने तथा अद्यावधिक गर्ने गराउने,कार्यपालिकाको निर्णय प्रमाणित गर्ने,सभा र कार्यपालिकाको निर्णयको अभिलेख सुरक्षित गर्ने,न्यायिक समितिबाट भएको मिलापत्र र निर्णय सम्वन्धी मिसिल संरक्षण गर्ने गराउने,सार्वजनिक खरिद योजना तयार गरी खरिद सम्वन्धी कार्य व्यवस्थित गर्ने,गाउँपालिकाको क्षेत्राधिकार भित्रका बिषयमा आवश्यक कानुन र कार्यविधि बनाउन पहल लिने,न्यूनतम् दररेट निर्धारण गर्ने गराउने र गाउँपालिकाको संघीय र प्रदेश स्तरको आयोजना कार्यान्वयनमा समन्वय र सहजीकरण गर्ने कार्य सम्पादन सम्झौतामा उल्लेख गरिएको छ ।

प्रत्येक बर्षको बैशाख १५ गते भित्र बिषयगत महाशाखा,शाखा तथा वडा समितिलाई आगामी आर्थिक बर्षको बजेटको सीमा उपलब्ध गराउने,आफुलाई अख्तियारी प्राप्त भएको १५ दिन भित्र बिषयगत शाखा र वडा सचिवलाई कार्यक्रम र बजेट सहित प्रचलित कानुन बमोजिम खर्च गर्ने अख्तियारी दिने,गाउँपालिकाको कोषबाट खर्च भएको रकमको चौमासिक प्रगति त्यस्तो अवधि समाप्त भएको १५ दिन भित्र गाउँपालिकाको बैठकमा पेश गर्ने र कार्यालयको व्यवस्थापन,दैनिक कार्य सञ्चालन तथा कार्यरत कर्मचारीको सुपरीवेक्षण तथा नियन्त्रण र नियमन गर्ने,आवश्यकता अनुसार काजमा खटाउने तथा सरुवा गर्ने,उत्कृष्ट कर्मचारीलाई पुरस्कारका लागि सिफारिस गर्ने र कर्मचारीको ग्रेड थप सहितका कार्यलाई प्रभावकारी बनाउने कार्य सम्पादन सम्झौतामा उल्लेख गरिएको छ ।

यस्तै घुम्ति सेवा सञ्चालन गर्ने,सेवा बितरण प्रकृयाको प्रभावकारिता मापन र सेवा बितरणमा सेवाग्राहीको सल्लाहका लागि समय समयमा सार्वजनिक सुनुवाई गर्ने,शाखा प्रमुखहरुसंग प्रमुख प्रशासकीय अधिकृतले कार्य सम्पादन सम्झौता गर्ने,बेरुजुको लगत राख्ने साथै बेरुजु फस्र्यौट गर्ने गराउने,लिलाम बिक्री गर्ने गराउने,राजश्व संकलन र दाखिला गर्ने,गाउँपालिका तथा वडापालिकाहरुबाट प्रवाह हुने सेवालाई चुस्त दुरुस्त एवम् सेवाग्राही मैत्री बनाउने र प्रचलित कानुन बमोजिम हुने अन्य कार्यहरु प्रभावकारी ढंगले गर्नेगरी सम्झौता भएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार १४:०२

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित

८ सय बढीले गराए मतदाता नामावलीमा नाम दर्ता

ताप्लेजुङ । ताप्लेजुङका ८ सय बढीले मतदाता नामावलीमा नाम दर्ता