ताप्लेजुङमा जाँडको कटमा डुबेर १८ महिने बच्चाको मृत्यु




ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा एक बालकको रक्सि पारेर राखेको जाँडको कटमा डुबेर मृत्यु भएको छ । सोमबार रक्सि पारेर राखेको जाँडको कटमा डुब्दा फक्ताङलुङ गाउँपालिका २ तिङदोका लाक्पा नोर्बु शेर्पाका १८ महिने छोरा ङिमा दोर्ची शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जनाएको छ ।


मृतकका बुबा वैदेशिक रोजगारीमा साउदी गएको र आमा सोनिया शेर्पा बच्चा छिमेकीलाई हेर्न छोडेर खेतमा गएको बेला दिउँसो बच्चा खेल्ने क्रममा कटमा डुबेको अवस्थामा छिमेकी छयके शेर्पाले देखेर बच्चालाई कटबाट निकाल्दा बच्चाको मृत्यु भईसकेको प्रहरीले जनाएको छ ।


उक्त घटन प्रहरीलाई जानकारी हुना साथ सिंवा प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगि शबलाई आज जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टमार्टम गरि आफन्तलाई शब बुझाईएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार ११:५१

ताप्लेजुङमा बोलेरो दुर्घटना : एक जनाको मृत्यु, एक गम्भीर

ताप्लेजुङ । ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

ताप्लेजुङमा लागू औषध मुद्दामा फरार रहेका एक जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा लागू औषध मुद्दामा फरार रहेका एक जना

१२ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गर्ने एक पुरुष पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा नाबालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ

प्रहरीले गरे पाथीभरा क्षेत्रमा वृक्षारोपण

ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पाथीभरा क्षेत्रमा वृक्षारोपण गरेको

ताप्लेजुङका सरकारी कार्यालयहरुले सार्वजनिक बिदामा पनि सेवा प्रवाह गर्ने

ताप्लेजुङ । ताप्लेजुङका सरकारी कार्यालयहरूले सार्वजनिक बिदाको दिन पनि सेवा