काङ्ग्रेसको ‘आन्तरिक विशेष अभियान’ कार्यक्रम सम्पन्न 



ताप्लेजुङ  । नेपाली काङ्ग्रेस ताप्लेजुङले साउन २० गते देखि ३० सम्म सुरु गरिएको ‘पार्टी आन्तरिक शुद्धिकरण अभियान’ कार्यक्रम सम्पन्न भएको छ । साउन २० गते देखि वडा हुँदै पालिकासम्म गरिएको अभियान आज साउन ३० गते वाणिज्य संघको सभा हलमा सम्पन्न भएको हो ।

नेपाली काङ्ग्रेस पार्टी केन्द्रिय कार्य समितिको साउन २ गते देखि १० गते सम्म बसेको बैठकले देशभर आन्तरिक पार्टी शुद्धीकरण अभियानको निर्देशन दिएको थियो । यही अनुसार, पार्टी पङ्ती भित्र रहेका असन्तुष्टिहरू र भावी दिनहरूमा थप सङ्गठनमा थप क्रियाशील बनाउन यो अभियान सुरु गरिएको जिल्ला कार्यसमिति सचिव युग हाङ वीर हाङ्गाम (डम्बर)ले जानकारी दिनु भएको छ । 

हाङ्गामका अनुसार भदौ १५ देखि पुन पार्टी भित्र थप चलायमान बनाउन अर्को कार्यक्रम पनि सुरु हुने छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केन्द्रिय कार्य समिति सदस्य तथा संविधानसभा सदस्य साथै केन्द्रिय प्रतिनिधि सुजाता परिवारले जिल्ला भरीका पालिका तथा वडाबाट आएको प्रतिवेदनलाई लिएर केन्द्रिय समिति भित्र राख्ने प्रतिबद्धता जनाउनु भएको छ । 

कार्यक्रममा जिल्लाका पदाधिकारी तथा सदस्यहरू, विभिन्न विभागका केन्द्रिय सदस्यहरू साथै जिल्लाका विभिन्न विभागका कार्य समितिका सदस्यहरूको सहभागिता रहेको थियो । 

प्रकाशित मिति : 1:49 pm

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०

मैवाखोला गाउँपालिकामा ६ विधाका खेल प्रशिक्षक

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विद्यालय तहमा

पाथीभरामा तीन लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, भदौ २ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

ताप्लेजुङमा सर्पको टोकाइबाट युवतीको मृत्यु 

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङमा सर्पको टोकाइबाट एक जनाको