नक्कली भुटानी शरणार्थी प्रकरण : नेकपा एसका मोर्चा सङ्गठनद्धारा ध्यानकर्षण



ताप्लेजुङ । नेकपा समाजवादी एसका मोर्चा सङ्गठनहरूले भुटानी शरणार्थीका विषयमा गम्भीर हुन ध्यानकर्षण गराएको छ । बुधबार ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ मार्फत प्रधानमन्त्रीलाई उक्त विषयमा गम्भीर हुन ध्यानाकर्षण गराएका हुन् ।

मोर्चाका घटकहरूले ज्ञापन पत्र बुझाउँदै विगतका धेरै भ्रष्टाचार काण्ड यत्तिकै सामसुम पारिएको भन्दै यसमा आफ्नो पार्टीले खबरदारी गर्ने उल्लेख गरेका छन् । यो प्रकरण पनि यत्तिकै सामसुम पार्न खोजिएको हो की भन्दै आम नागरिकमा आशंका उब्जिरहेकोले आफूहरूको पार्टी यो विषयमा गम्भीर रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

कुनै पनि प्रकारको मिलेमतोमा अपराधीलाई उन्मुक्ति नदिन ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराइएको छ । नेता नेत्र नेपालीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार ११:४७

ताप्लेजुङमा एकजनामा डेङ्गु संक्रमण

रेडियो काबेलीताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा एकजनामा डेंगु संक्रमण देखिएको

पाथिभरा बहुमुखी क्याम्पसको सञ्चालक समिति सदस्यमा नाल्बो मनोनित 

सौगात विष्ट ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको एक मात्र स्नातकोत्तर सञ्चालन रहेको

ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसको नामले अधिकार पायो 

ताप्लेजुङ । ताप्लेजुङको एक मात्र स्नातकोत्तर सञ्चालन हुने पाथिभरा बहुमुखी

ताप्लेजुङ गोल्डकपका लागि तेल्लोक स्पोर्टिङ क्लबमा दुई विदेशी खेलाडी

ताप्लेजुङ । अन्तराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपका लागि तेल्लोक स्पोर्टिङ क्लब

देशभर मनसुनी वायुको प्रभाव, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

ताप्लेजुङ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान