नक्कली भुटानी शरणार्थी प्रकरण : नेकपा एसका मोर्चा सङ्गठनद्धारा ध्यानकर्षण



ताप्लेजुङ । नेकपा समाजवादी एसका मोर्चा सङ्गठनहरूले भुटानी शरणार्थीका विषयमा गम्भीर हुन ध्यानकर्षण गराएको छ । बुधबार ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ मार्फत प्रधानमन्त्रीलाई उक्त विषयमा गम्भीर हुन ध्यानाकर्षण गराएका हुन् ।

मोर्चाका घटकहरूले ज्ञापन पत्र बुझाउँदै विगतका धेरै भ्रष्टाचार काण्ड यत्तिकै सामसुम पारिएको भन्दै यसमा आफ्नो पार्टीले खबरदारी गर्ने उल्लेख गरेका छन् । यो प्रकरण पनि यत्तिकै सामसुम पार्न खोजिएको हो की भन्दै आम नागरिकमा आशंका उब्जिरहेकोले आफूहरूको पार्टी यो विषयमा गम्भीर रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

कुनै पनि प्रकारको मिलेमतोमा अपराधीलाई उन्मुक्ति नदिन ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराइएको छ । नेता नेत्र नेपालीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

प्रकाशित मिति : 11:47 am

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि

प्रहरीको आयोजनामा दौड प्रतियोगिता

ताप्लेजुङ, चैत २२ गते । जिल्ला प्रहरी कार्यालयले हरित पैदल

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ