ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 



ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक बन्न सफल हुनुभएको छ । मेरिङदेन गाउँपालिका–६ नाल्बूका लिम्बू गोल्डकपको टिकट काटेर फुटबल प्रतियोगिता हेरी भाग्यमानी दर्शक बन्न सफल हुनुभएको हो । 

लिम्बूले टीभीएस कम्पनीको नयाँ स्कुटर प्राप्त गर्नुभएको छ । लाखेजात्राको अवसरमा सञ्चालन गोल्डकपमा टिकट काटेर खेल हेर्ने भाग्यशाली एक जना दर्शकले टीभीएस कम्पनी नयाँ स्कुटर उपहारस्वरूप प्राप्त गर्ने व्यवस्था गरिएको थियो ।

सोही अनुसार लिम्बू उक्त भाग्यमानी दर्शकमा पर्न सफल हुनुभएको आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । भदौ १२ गतेबाट सञ्चालन भएको गोल्डकप फुटबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । 

फुटबल प्रतियोगिताको उपाधि साविक विजेता सलहेश युवा क्लब सिराहाले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

जित सँगै सलहेशले नगद सात लाख दुई हजार ८३ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण प्राप्त गरेको छ । यस्तै उपविजेता बन्न सफल पाँचथरले तीन लाख ५२ हजार ८३ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु परेको आयोजक लाखेजात्रा सञ्चालन समितिको कोषध्यक्ष दावा शेर्पाले बताउनुभयो ।

प्रकाशित मिति : 6:09 am

ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ, भदौ १९ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : पाँचथर फाइनलमा प्रवेश

ताप्लेजुङ, भदौ १७ गते । पाँचथरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : फाइनलका लागि झापा–११ र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप