ताप्लेजुङ गोल्डकप : पाँचथर फाइनलमा प्रवेश



ताप्लेजुङ, भदौ १७ गते । पाँचथरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा झापा–११ लाई १–० गोल अन्तरले पराजित गर्दै पाँचथर फाइनलमा प्रवेश गरेको हो ।

यो सँगै अब शुक्रबार हुने फाइनल खेलमा उपाधिका लागि पाँचथरले साविक विजेता सलहेश युवा क्लब सिराहा सँग प्रतिस्पर्धा गर्ने छ । मङ्गलबार भएको पहिलो सेमिफाइनल खेलमा अन्तराष्ट्रिय टोली भारतको जर्जियन युनाइटेड फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सलहेश युवा क्लब सिराहा फाइनल प्रवेश गरेको हो ।

लाखेजात्रा सञ्चालन समितिको आयोजनामा भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा आठ वटा टिमको सहभागिता रहेको थियो । लाखेजात्राको अवसरमा हरेक वर्ष सञ्चालन हुँदै आइरहेको प्रतियोगिता २०८० सालदेखि ताप्लेजुङ गोल्डकपको नामबाट सञ्चालन हुँदै आएको छ । प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार ८३ रुपियाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटरसाइकल उपलब्ध गराइने सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाले बताउनुभयो । योसँगै विभिन्न विधाका उत्कृष्ट खेलाडी र हरेक दिनको म्यान अफ दि म्याच खेलाडीलाईसमेत नगद पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

यस्तै, भाग्यशाली एक जना दर्शकले स्कुटर उपहार पाउने छन् ।

प्रकाशित मिति : 5:30 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन