ताप्लेजुङ गोल्डकप : फाइनलका लागि झापा–११ र पाँचथरको प्रतिस्पर्धा



ताप्लेजुङ, भदौ १७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा आज फाइनलका लागि झापा–११ र पाँचथरबिच प्रतिस्पर्धा हुने भएको छ । आज हुने दोस्रो सेमिफाइनल खेल अन्तरगत झापा–११ र पाँचथरको फिदिम स्पोर्टिङ क्लबबिच प्रतिस्पर्धा हुने भएको हो । 

खेल दिउसो तीन बजेबाट सुरु हुने आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । उहाँका अनुसार आज विजेता हुने टोलीले शुक्रबार हुने फाइनल खेलमा साविक विजेता सलहेश युवा क्लब सिराहाबिच प्रतिस्पर्धा गर्ने छ । 

मङ्गलबार भएको पहिलो सेमिफाइनल खेलमा अन्तराष्ट्रिय टोली भारतको जर्जियन युनाइटेड फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै साविक विजेता सलहेश युवा क्लब सिराहा फाइनल प्रवेश गरेको हो । 

यता सोमबार भएको अन्तिम क्वाटर फाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै झापा–११ ले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । यस्तै शनिबार भएको दोस्रो क्वाटरफाइनल खेलमा चित्लाङ फुटबल क्लबलाई ट्राइबेकरमा पराजित गर्दै पाँचथरले सेमिफाइनलको यात्रा तय गरेको थियो । 

भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा आठ वटा टिमको सहभागिता रहेको थियो । लाखेजात्राको अवसरमा हरेक वर्ष सञ्चालन हुँदै आइरहेको प्रतियोगिता २०८० सालदेखि ताप्लेजुङ गोल्डकपको नामबाट सञ्चालन हुँदै आएको छ । प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार ८३ रुपियाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटरसाइकल उपलब्ध गराइने सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाले बताउनुभयो । योसँगै विभिन्न विधाका उत्कृष्ट खेलाडी र हरेक दिनको म्यान अफ दि म्याच खेलाडीलाईसमेत नगद पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

यस्तै, भाग्यशाली एक जना दर्शकले स्कुटर उपहार पाउने छन् । 

प्रकाशित मिति : 6:15 am

खेबाङमा आजदेखि खेलकुद महोत्सव

ताप्लेजुङ, कात्तिक १६ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आजदेखि

ख्रीष्टियन लिम्बु समाज ताप्लेजुङद्धारा दोभान आगलागीपीडितलाई सिरक वितरण

ताप्लेजुङ, कात्तिक १६ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ दोभान बजारमा

फुङ्लिङमा महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइने

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङ्लिङमा राष्ट्रिय विभूति महागुरु

घरको रेलिङबाट लडेर एक जना घाइते

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ मा घरको

ताप्लेजुङदेखि काठमाडौंका लागि हिँडेको बस नावा खोलामा फस्यो, सबै यात्रुको उद्धार

ताप्लेजुङ, कात्तिक १३ गते । तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको