ताप्लेजुङ गोल्डकप : उद्घाटन खेलमा आयोजक र भारतबीच प्रतिष्पर्धा हुने



ताप्लेजुङ, भदौ १२ गते । शुक्रबारबाट सुरु हुने अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा आयोजक–११ र भारतबीच प्रतिष्पर्धा हुने भएको छ । फुङलिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने उद्‌घाटन खेलमा आयोजक र भारतको जर्जियन युनाइटेड फुटबल क्लबबीच प्रतिष्पर्धा हुने भएको हो ।

लाखेजात्राको अवसरमा हरेक वर्ष विभिन्न नाममा सञ्चालन हुँदै आइरहेको प्रतियोगिता २०८० सालदेखि ताप्लेजुङ गोल्डकपको नामबाट सञ्चालन हुँदै आएको छ । आठ टिमको सहभागिता रहेको खेलमा शनिबार चित्लाङ फुटबल क्लब र फिदिम स्पार्टिङ क्लब पाँचथरबीच प्रतिष्पर्धा हुने छ । त्यस्तै आइतबार सातदोबाटो फुटबल क्लब र गत वर्षको विजेता सलहेश युवा क्लब सिराहा तथा सोमबार झापा–११ र नेपाल पुलिस क्लबबीच भिडन्त हुने आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८३ रुपियाँ र उपविजेताले ३ लाख ५२ हजार ८३ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटरसाइकल उपलब्ध गराइने सञ्चालन समितिका कोषध्यक्ष दावा शेर्पाले बताउनुभयो । यो सँगै विभिन्न विधाका उत्कृष्ट खेलाडी र हरेक दिनको म्यान अफ दि म्याच खेलाडीलाई समेत नगद पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

यस्तै भाग्यशाली एक जना दर्शकले स्कुटर उपहार पाउने भएको छ । टिकट काटेर खेल हेर्ने भाग्यशाली एक जना दर्शकले टीभीएस कम्पनी नयाँ स्कुटर उपहारस्वरूप प्राप्त गर्ने आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।

प्रकाशित मिति : 6:13 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन