ताप्लेजुङ गोल्डकपको तयारी पुरा



ताप्लेजुङ, भदौ ११ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको तयारी पुरा भएको छ । शुक्रबारबाट सञ्चालन हुने गोल्डकपको तयारी पुरा भएको हो । 

बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको आयोजक लाखेजात्रा सञ्चालन समितिले जानकारी गराएको छ । यस वर्षको प्रतियोगितामा दर्शकले ‘ए’ डिभिजन लिग खेलेका तथा विदेशी खेलाडीको समेत खेल हेर्न पाउने लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले बताउनुभयो । 

गोल्डकपमा आयोजकको तर्फबाट एक टिम गरी जम्मा आठ टिमको सहभागिता रहने छ । शुक्रबार उद्‌घाटन खेलमा आयोजक ताप्लेजुङ ११ र भारतको जर्जियन युनाइटेड फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै शनिबार (भदौ १३ गते) चित्लाङ फुटबल क्लब मकवानपुर र फिदिम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुँदै छ । भदौ १४ गते सातदोबाटो फुटबल क्लब र सलहेश युवा क्लब तथा क्वाटर फाइनलको अन्तिम दिन भदौ १५ गते झापा ११ फुटबल क्लब र नेपाल पुलिस क्लब बिचको प्रतिष्पर्धा हुने अध्यक्ष मादेनको भनाई छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटरसाइकल उपलब्ध गराइने सञ्चालन समितिका कोषध्यक्ष दावा शेर्पाले बताउनुभयो । प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८३ रुपियाँ र उपविजेताले ३ लाख ५२ हजार ८३ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । 

यो सँगै विभिन्न विधाका उत्कृष्ट खेलाडी र हरेक दिनको म्यान अफ दि म्याच खेलाडीलाई समेत नगद पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । यस्तै भाग्यशाली एक जना दर्शकले स्कुटर उपहार पाउने भएको छ । टिकट काटेर खेल हेर्ने भाग्यशाली एक जना दर्शकले टीभीएस कम्पनी नयाँ स्कुटर उपहारस्वरूप प्राप्त गर्ने आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।

प्रकाशित मिति : 5:16 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन