अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप चौथो संस्करणको तयारी तीब्र 



ताप्लेजुङ , साउन १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप चौथो संस्करणको तयारी तीब्र पारिएको छ ।  आगामी भदौ १२ गतेबाट सुरु हुने गोल्डकपको तयारी तीब्र पारिएको हो ।

 हरेक वर्ष लाखेजात्राको अवसरमा सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष पनि भदौ १२ गतेबाट १९ गतेसम्म सञ्चालन हुने भएको छ । जसका लागि खेलमैदानको दुवो कटान सुरु गरिएको छ । दुबो कटान कार्य करिब एक हप्तामा सम्पन्न हुने सञ्चालन समितिका कोषध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार प्याराफिट निर्माण कार्यलाई पनि तिब्र पारिएको छ । 

गोल्ड कपमा प्रतिष्ठित क्लबहरूको सहभागिता रहने सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । उहाँका अनुसार ताप्लेजुङको प्रतिनिधित्व गर्ने एक टिम सहित जम्मा ८ टिमको सहभागिता रहनेछ ।

यो वर्ष पुरस्कार राशि पनि बढाउने तयारीमा रहेको सञ्चालन समितिका कोषध्यक्ष शेर्पाले बताउनुभयो । उहाँका अनुसार तग वर्ष गोल्डकपको विजेताले नगद सात लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

ताप्लेजुङ गोल्डकप समग्र जिल्लाको पर्यटन प्रवर्द्धनका लागि सञ्चालन गरिने भएकाले यस वर्षको खेल तालिका भने पर्यटकीय क्षेत्र समुद्री सतहदेखि करिब पाँच हजार ३०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७, मा रहेको स्याम्दो पोखरी मार्फत गरिने अध्यक्ष मादेनको भनाई छ । गत वर्ष भने प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरबाट गरिएको थियो ।

गोल्ड कप सञ्चालनका लागि ९९ सय लाख लागत लाग्ने अनुमान गरिएको आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।

प्रकाशित मिति : 6:33 am

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक