कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने



ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५ सञ्चालित विद्यालयमा न्यूनतम् विद्यार्थी सङ्ख्या २० भन्दा कमी भएमा विद्यालयलाई एक तह घटुवा गर्ने भएको छ । नगरपालिकाले शिक्षक दरबन्दी मिलान तथा व्यवस्था कार्यविधि २०८३ जारी गर्दै विद्यार्थी सङ्ख्याको अनुपातका आधारमा शिक्षकको व्यवस्थापन गर्न यस्तो गर्ने भएको हो ।

यो सँगै विषयगत शिक्षक समेतको व्यवस्थापन गरिने फुङलिङ नगर प्रमुख अमिर मादेनले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले आधारभूत तह कक्षा १–३, कक्षा १–५ सञ्चालन भएका सामुदायिक विद्यालयमा कम्तिमा २० जना विद्यार्थी भएमा न्यूनतम् १ जना शिक्षक दरबन्दी रहने नीति ल्याएको हो ।

यो सँगै नगरपालिकाले प्रत्येक विद्यालयमा कम्तिमा एक बाल विकास केन्द्र र बाल विकास सहयोगी कार्यकर्ताको व्यवस्थापन गर्ने भनेको छ । आधारभूत तह कक्षा १–३, कक्षा १–५ सञ्चालन भएका सामुदायिक विद्यालयमा ३० जनासम्म विद्यार्थी भएमा शिक्षकको न्यूनतम् कोटा २ जना र ३१ जनाभन्दा बढी भएमा न्यूनतम् शिक्षकको कोटा ३ जना निर्धारण गर्ने भएको छ ।

कक्षा १–५ सञ्चालन भएका सामुदायिक विद्यालयमा ५१ जना वा सो भन्दा बढी विद्यार्थी भएमा शिक्षकको दरबन्दी थप गरिने छ । आधारभूत तह कक्षा ६–८ सञ्चालन भएका सम्भव भएसम्म ४ जना निम्न माध्यमिक शिक्षकको व्यवस्थापन गरिने भएको छ ।

प्रकाशित मिति : 6:19 am

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई