कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने



ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५ सञ्चालित विद्यालयमा न्यूनतम् विद्यार्थी सङ्ख्या २० भन्दा कमी भएमा विद्यालयलाई एक तह घटुवा गर्ने भएको छ । नगरपालिकाले शिक्षक दरबन्दी मिलान तथा व्यवस्था कार्यविधि २०८३ जारी गर्दै विद्यार्थी सङ्ख्याको अनुपातका आधारमा शिक्षकको व्यवस्थापन गर्न यस्तो गर्ने भएको हो ।

यो सँगै विषयगत शिक्षक समेतको व्यवस्थापन गरिने फुङलिङ नगर प्रमुख अमिर मादेनले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले आधारभूत तह कक्षा १–३, कक्षा १–५ सञ्चालन भएका सामुदायिक विद्यालयमा कम्तिमा २० जना विद्यार्थी भएमा न्यूनतम् १ जना शिक्षक दरबन्दी रहने नीति ल्याएको हो ।

यो सँगै नगरपालिकाले प्रत्येक विद्यालयमा कम्तिमा एक बाल विकास केन्द्र र बाल विकास सहयोगी कार्यकर्ताको व्यवस्थापन गर्ने भनेको छ । आधारभूत तह कक्षा १–३, कक्षा १–५ सञ्चालन भएका सामुदायिक विद्यालयमा ३० जनासम्म विद्यार्थी भएमा शिक्षकको न्यूनतम् कोटा २ जना र ३१ जनाभन्दा बढी भएमा न्यूनतम् शिक्षकको कोटा ३ जना निर्धारण गर्ने भएको छ ।

कक्षा १–५ सञ्चालन भएका सामुदायिक विद्यालयमा ५१ जना वा सो भन्दा बढी विद्यार्थी भएमा शिक्षकको दरबन्दी थप गरिने छ । आधारभूत तह कक्षा ६–८ सञ्चालन भएका सम्भव भएसम्म ४ जना निम्न माध्यमिक शिक्षकको व्यवस्थापन गरिने भएको छ ।

प्रकाशित मिति : 6:19 am

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज