फक्ताङलुङमा ६० देखि ७० वर्षका नागरिकलाई मासिक भत्ता



ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ६० देखि ७० वर्ष उमेर समूहका नागरिकलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ । गाउँपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत ६० देखि ७० वर्ष उमेर समुहका नागरिकलाई मासिक भत्ता उपलब्ध गराउने भएको हो ।

गाउँपालिकाका ६० देखि ७० वर्ष उमेर समूहका नागरिकले भोग्दै आएको आर्थिक तथा सामाजिक सङ्क्रमणलाई सम्बोधन गर्न भत्ता उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले बताउनुभयो । सरकारले ७० वर्षपछि मात्र ज्येष्ठ नागरिक भत्ता उपलब्ध गराउँदै आएको अवस्थामा गाउँपालिकाले भने सामाजिक उत्तरदायित्व अन्तर्गत यो व्यवस्था लागू गर्न लागेको हो ।

यस्तै गाउँपालिकाले न्यून तलबमा कार्यरत विद्यालयका लेखापाल, भाषा शिक्षक, बाल शिक्षिका तथा कार्यालय सहयोगीको तलब १० प्रतिशतले वृद्धि गर्ने निर्णय समेत गरेको छ । यो सँगै शिक्षा क्षेत्रमा विद्यालयले लिने परीक्षा, मासिक, ट्युसन तथा अन्य अनिवार्य शुल्क गाउँपालिकाले व्यवस्थापन गर्ने भएको छ ।

साथै सरकारी कामकाजमा लिम्बू र शेर्पा भाषाको प्रयोग कार्यान्वयन गर्दै स्थानीय भाषा, संस्कृति र पहिचान संरक्षणसँगै सार्वजनिक सेवामा नागरिकको पहुँच थप सहज बनाइने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 5:42 pm

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई