फक्ताङलुङमा ६० देखि ७० वर्षका नागरिकलाई मासिक भत्ता



ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ६० देखि ७० वर्ष उमेर समूहका नागरिकलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ । गाउँपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत ६० देखि ७० वर्ष उमेर समुहका नागरिकलाई मासिक भत्ता उपलब्ध गराउने भएको हो ।

गाउँपालिकाका ६० देखि ७० वर्ष उमेर समूहका नागरिकले भोग्दै आएको आर्थिक तथा सामाजिक सङ्क्रमणलाई सम्बोधन गर्न भत्ता उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले बताउनुभयो । सरकारले ७० वर्षपछि मात्र ज्येष्ठ नागरिक भत्ता उपलब्ध गराउँदै आएको अवस्थामा गाउँपालिकाले भने सामाजिक उत्तरदायित्व अन्तर्गत यो व्यवस्था लागू गर्न लागेको हो ।

यस्तै गाउँपालिकाले न्यून तलबमा कार्यरत विद्यालयका लेखापाल, भाषा शिक्षक, बाल शिक्षिका तथा कार्यालय सहयोगीको तलब १० प्रतिशतले वृद्धि गर्ने निर्णय समेत गरेको छ । यो सँगै शिक्षा क्षेत्रमा विद्यालयले लिने परीक्षा, मासिक, ट्युसन तथा अन्य अनिवार्य शुल्क गाउँपालिकाले व्यवस्थापन गर्ने भएको छ ।

साथै सरकारी कामकाजमा लिम्बू र शेर्पा भाषाको प्रयोग कार्यान्वयन गर्दै स्थानीय भाषा, संस्कृति र पहिचान संरक्षणसँगै सार्वजनिक सेवामा नागरिकको पहुँच थप सहज बनाइने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 5:42 pm

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : पाँचथर फाइनलमा प्रवेश

ताप्लेजुङ, भदौ १७ गते । पाँचथरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : फाइनलका लागि झापा–११ र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : सलहेश फाइनलमा प्रवेश 

ताप्लेजुङ, भदौ १६ गते । सलहेश युवा क्लब सिराहा अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : पहिलो सेमिफाइनल खेलमा भारत र सलहेशबिचको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप