लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान



ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान गरिएको छ । लागू औषध नियन्त्रण सम्बन्धी सचेतना फैलाउने उद्देश्यले स्थापित संस्था होप फर अल ताप्लेजुङले विश्व बाल श्रमिक दिवसको अवसरमा विद्यार्थीलाई केन्द्रिकृत गरि सचेतना प्रदान गरेको हो । 

लागू औषधको बढ्दो प्रयोगलाई रोक्ने भूमिका, यसले स्वास्थ्य, परिवार अनि समाजमा पार्ने नकरात्मक प्रभावका विषयमा विद्यार्थीलाई सचेत गराइएको होप फर अल ताप्लेजुङका अध्यक्ष मौसम गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सहभागी विद्यार्थीहरूलाई लागू औषधबाट टाढा रहन, गलत संगतबाट बच्न तथा कुनै पनि शङ्कास्पद गतिविधि देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ । 

लागू औषधमा फसेकालाई उपचारका विधि तथा कारोबारीलाई कानूनी सजायको बारेमा चर्चा गरिएको थियो । त्यस्तै लागू औषध मुक्त समाज निर्माण गर्न विद्यार्थीको विशेष जिम्मेवारीका बारेमा समेत सचेत गराइएको अध्यक्ष गुरुङको भनाई छ ।

सचेतना कार्यक्रममा फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन, उपमेयर भिमादेवी ओझा, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईं, शिक्षक, विद्यार्थी साथै सञ्चारकर्मीहरूको उपस्थित रहेको थियो । 

प्रकाशित मिति : 5:49 pm

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश