दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथनको उपाधि राईलाई



ताप्लेजुङ, जेठ १८ गते । दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिताको उपाधि पाँचथरका विशाल राईले हात पार्नुभएको छ । दोस्रो सिरिजङ्घा पर्यटन महोत्सवको अवसरमा आयोजित उक्त साहसिक खुल्ला म्याराथनको उपाधि राईले हात पार्नुभएको हो ।

२४ प्रतिस्पर्धीलाई पछि पार्दै राईले ५ घण्टा ३० मिनेट ८ सेकेण्डमा ४२ किलो लामो दूरी पार गर्नुभएको थियो । सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनको छुमादिनबाट ४ हजार २ सय मिटर उचाइको दुण्डु डाँडा पुगेर पुनःछुमादिनमा फर्किदा निर्धारित दूरी पूरा हुन्थ्यो ।

यस्तै ताप्लेजुङको पेदाङका बिभिषण लिम्बूले ५ घण्टा ३१ मिनेट २० सेकेन्डमा निर्धारित दूरी पार गर्नै दोस्रो बन्नुभएको म्याराथन संयोजक अमिर राईले जानकारी दिनुभयो । उहाँका अनुसार पाँचथरका प्रताप थाम्सुहाङले ५ घण्टा ४१ मिनेट ३१ सेकेन्डमा दूरी पार गर्दै तृतीय बन्नु भएको छ ।

म्याराथनका विजेता राईले १ सय ९६ तोला चाँदीजडित रनिङ ट्रफीसहित एक लाख आठ हजार ५८६ रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ । यस्तै दोस्रो हुनुहुने लिम्बूले ५८ हजार ५८६ रुपियाँ र तेस्रो हुनुहुने थाम्सुहाङले २८ हजार ५८६ रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।

पहिलो कञ्चनजङ्घा साहसिक म्याराथन प्रतियोगिताको उपाधि सोलुखुम्बूका अर्जुन कुलुङ राईले जित्नु भएको थियो । सिरिजङ्घा गाउँपालिकाको आर्थिक व्यवस्थापन तथा सिनाम युनाइटेड खेलकुद तथा सांस्कृतिक क्लबको आयोजनामा तीन दिने महोत्सव सञ्चालन गरिएको क्लबका सचिव नरेश गुरुङले जानकारी दिनुभयो ।

जेठ १५ देखि सुरु भएको महोत्सव जेठ १७ गते सम्पन्न भएको हो ।

प्रकाशित मिति : 6:47 am

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन

तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रनमा सञ्जय राई प्रथम

ताप्लेजुङ, भदौ २६ गते । तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन