दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथनको उपाधि राईलाई



ताप्लेजुङ, जेठ १८ गते । दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिताको उपाधि पाँचथरका विशाल राईले हात पार्नुभएको छ । दोस्रो सिरिजङ्घा पर्यटन महोत्सवको अवसरमा आयोजित उक्त साहसिक खुल्ला म्याराथनको उपाधि राईले हात पार्नुभएको हो ।

२४ प्रतिस्पर्धीलाई पछि पार्दै राईले ५ घण्टा ३० मिनेट ८ सेकेण्डमा ४२ किलो लामो दूरी पार गर्नुभएको थियो । सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनको छुमादिनबाट ४ हजार २ सय मिटर उचाइको दुण्डु डाँडा पुगेर पुनःछुमादिनमा फर्किदा निर्धारित दूरी पूरा हुन्थ्यो ।

यस्तै ताप्लेजुङको पेदाङका बिभिषण लिम्बूले ५ घण्टा ३१ मिनेट २० सेकेन्डमा निर्धारित दूरी पार गर्नै दोस्रो बन्नुभएको म्याराथन संयोजक अमिर राईले जानकारी दिनुभयो । उहाँका अनुसार पाँचथरका प्रताप थाम्सुहाङले ५ घण्टा ४१ मिनेट ३१ सेकेन्डमा दूरी पार गर्दै तृतीय बन्नु भएको छ ।

म्याराथनका विजेता राईले १ सय ९६ तोला चाँदीजडित रनिङ ट्रफीसहित एक लाख आठ हजार ५८६ रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ । यस्तै दोस्रो हुनुहुने लिम्बूले ५८ हजार ५८६ रुपियाँ र तेस्रो हुनुहुने थाम्सुहाङले २८ हजार ५८६ रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।

पहिलो कञ्चनजङ्घा साहसिक म्याराथन प्रतियोगिताको उपाधि सोलुखुम्बूका अर्जुन कुलुङ राईले जित्नु भएको थियो । सिरिजङ्घा गाउँपालिकाको आर्थिक व्यवस्थापन तथा सिनाम युनाइटेड खेलकुद तथा सांस्कृतिक क्लबको आयोजनामा तीन दिने महोत्सव सञ्चालन गरिएको क्लबका सचिव नरेश गुरुङले जानकारी दिनुभयो ।

जेठ १५ देखि सुरु भएको महोत्सव जेठ १७ गते सम्पन्न भएको हो ।

प्रकाशित मिति : 6:47 am

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था