भलिबल प्रतियोगिताका विजेतालाई मेरिङदेनको सम्मान 



ताप्लेजुङ, जेठ १४ गते । मेरिङदेन गाउँपालिकाले बुद्धरानी अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिताका विजेतालाई सम्मान गरेको छ । गाउँपालिकाको खेलाडी एवं व्यवस्थापन टोलीलाई सम्मान गरेको हो । 

पूर्व राष्ट्रिय भलिबल खेलाडी कृष्ण चोङबाङकी स्वर्गीय आमा बुद्धरानी चोङबाङको स्मृतिमा आयोजित प्रथम बुद्ध रानी चोङबाङ स्मृति महिला भलिबल प्रतियोगितामा मेरिङदेन गाउँपालिकाले उपाधि चुमेको हो । गत जेठ ११ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा पाँचथर तीन तथा ताप्लेजुङका तीन गरी छ टिमको सहभागिता रहेको मेरिङदेन गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगिताको फाइनल खेलमा मेरिङदेनले फिदिम नगरपालिकालाई सोझो ९३–०० सेटले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । खेल मेरिङदेन गाउँपालिका–२ सान्थाक्राको सुर्माटारमा सञ्चालन भएको थियो । 

प्रतियोगिताको उपाधि सँगै मेरिङदेन गाउँपालिकाले नगद  ६१ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता फिदिम नगरपालिकाले नगद ४१ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

प्रकाशित मिति : 6:14 am

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ