पाथीभरा याङवरकको प्रतिभा प्रस्फुटन कार्यक्रममा टेकेन्द्र खरेल बने प्रथम



ताप्लेजुङ वैशाख २४ गते । पाथीभरा याङवरक गाउँपालिकामा भएको प्रतिभा प्रस्फुटन कार्यक्रममा टेकेन्द्र खरेल प्रथम हुनु भएको छ ।सामाजिक विकास मन्त्रालय, पाथीभरा याङवरक गाउँपालिका र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तरगत अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा प्रस्फुटन कार्यक्रममा खरेल प्रथम हुनुभएको हो ।

बुधबार भएको कार्यक्रममा खरेल प्रथम हुँदा  भेषराज बराल द्वितीय बन्नुभयो । त्यस्तै सिता माया गिरी तृतीय बन्दा निशा लिम्बू र इन्दिरा कार्की सान्त्वना बन्नुभयो । प्रथम बन्नु भएका खरेलले नगद ५ हजार, द्वितीय हुनु भएका बरालले नगद ४ हजार रुपैयाँ प्राप्त गर्दा तृतीय हुनुभएकी गिरीले ३ हजार र सान्त्वना हुनुभएका लिम्बू र कार्कीले समान २ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।अपाङ्गता भएका व्यक्तिहरूले कार्यक्रममा गायन, नृत्य , कविता, हस्तलेखन,  क्यारिकेचर, वाध्यवाधन लगायत कला प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बिजेताहरूलाई गाउँपालिका अध्यक्ष केशर कुमार सुब्बा र उपाध्यक्ष रनमाया गुरुङले गर्नुभएको थियो ।अपाङ्गता भएका व्यक्तिहरूमा लुकेर रहेका प्रतिभाहरूको पहिचान तथा प्रस्फुटन गरि उजागर गर्ने उद्देश्यले कार्यक्रम गरिएको पालिकाले जनाएको छ ।

प्रकाशित मिति : 6:07 am

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई