पाथीभरा याङवरकको प्रतिभा प्रस्फुटन कार्यक्रममा टेकेन्द्र खरेल बने प्रथम



ताप्लेजुङ वैशाख २४ गते । पाथीभरा याङवरक गाउँपालिकामा भएको प्रतिभा प्रस्फुटन कार्यक्रममा टेकेन्द्र खरेल प्रथम हुनु भएको छ ।सामाजिक विकास मन्त्रालय, पाथीभरा याङवरक गाउँपालिका र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तरगत अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा प्रस्फुटन कार्यक्रममा खरेल प्रथम हुनुभएको हो ।

बुधबार भएको कार्यक्रममा खरेल प्रथम हुँदा  भेषराज बराल द्वितीय बन्नुभयो । त्यस्तै सिता माया गिरी तृतीय बन्दा निशा लिम्बू र इन्दिरा कार्की सान्त्वना बन्नुभयो । प्रथम बन्नु भएका खरेलले नगद ५ हजार, द्वितीय हुनु भएका बरालले नगद ४ हजार रुपैयाँ प्राप्त गर्दा तृतीय हुनुभएकी गिरीले ३ हजार र सान्त्वना हुनुभएका लिम्बू र कार्कीले समान २ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।अपाङ्गता भएका व्यक्तिहरूले कार्यक्रममा गायन, नृत्य , कविता, हस्तलेखन,  क्यारिकेचर, वाध्यवाधन लगायत कला प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बिजेताहरूलाई गाउँपालिका अध्यक्ष केशर कुमार सुब्बा र उपाध्यक्ष रनमाया गुरुङले गर्नुभएको थियो ।अपाङ्गता भएका व्यक्तिहरूमा लुकेर रहेका प्रतिभाहरूको पहिचान तथा प्रस्फुटन गरि उजागर गर्ने उद्देश्यले कार्यक्रम गरिएको पालिकाले जनाएको छ ।

प्रकाशित मिति : 6:07 am

ताप्लेजुङ गोल्डकप : भाग्यशाली एक जना दर्शकले स्कुटर पाउने

ताप्लेजुङ, भदौ ७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको

सद्भाव र विश्वशान्तिको कामना गर्दै मुक्कुमलुङ साहित्यिक पदयात्रा

ताप्लेजुङ, भदौ ७ गते । ताप्लेजुङमा साहित्यको माध्यमबाट आपसी सद्भाव,

मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा हेल्लोक

ताप्लेजुङ, भदौ ७ गते । मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा मनिष

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०