सुशील थापा चैत महिनाको उत्कृष्ट प्रहरी घोषित



ताप्लेजुङ, बैशाख १० । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी सहायक हवल्दार सुशील थापा चैत महिनाको उत्कृष्ट प्रहरी घोषित हुनु भएको छ । विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लिन रही उच्च मनोबल र साहसका साथ आफूलाई दिएको जिम्मेवारीप्रति पूर्ण वफादार रही अनुशासित एवम् जिम्मेवारीका साथ कार्य सम्पादन गर्ने गरेको आधारमा थापा चैत महिनाको उत्कृष्ट प्रहरी घोषित हुनु भएको हो ।

थापाले चैत महिनामा ताप्लेजुङ जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय ताप्लेजुङद्वारा विभिन्न मितिमा भएका फैसला बमोजिम लगत अनुसारका हालसम्म फरार रही कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका फौजदारी मुद्दाका ८ जना फरार प्रतिवादीलाई पक्राउ गरी निजहरूलाई लागेको ३३ हजार १२० रुपैयाँ जरिवाना असुलउपर गराएको २४ बर्षिया एक महिलालाई जबरजस्ती करणी गरेको अभियोग लागेका अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको १४ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगका अभियुक्तलाई कानुनी दायरा ल्याउन सफल भएको सहितका कारणबाट उत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतमले बताउनुभयो ।

 उहाँका अनुसार थापाले जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका जघन्य गम्भिर मुद्दाहरूको अनुसन्धान कार्यमा उत्कृष्ट कार्य सम्पादन गरी अनुसन्धान कार्यमा सहयोग पु¥याउनुका साथै अनुसन्धान हुने विभिन्न प्रकृतिका अपराधका कल विवरण माग गरी विश्लेषण र अपराध वारदातमा संलग्नहरूको पहिचान एवम् कानुनी दायरा ल्याउन भूमिका निर्वाह गरेका कारण उत्कृष्ट प्रहरी घोषित गरिएको हो । 
 

प्रकाशित मिति : 5:48 am

सुशील थापा चैत महिनाको उत्कृष्ट प्रहरी घोषित

ताप्लेजुङ, बैशाख १० । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी

रेडियो काबेलीका स्टेसन मेनेजर लङ्वालाई टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कार प्रदान

सौगात बिष्टताप्लेजुङ, बैशाख ९ गते । रेडियो काबेलीका स्टेसन मेनेजर

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा