रेडियो काबेलीका स्टेसन मेनेजर लङ्वालाई टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कार प्रदान



सौगात बिष्ट
ताप्लेजुङ, बैशाख ९ गते ।
रेडियो काबेलीका स्टेसन मेनेजर तथा सञ्चालक समितिका कोषध्यक्ष साथै पत्रकार साहारा लङ्वालाई टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । टिकाराम गौतम १६औँ स्मृति दिवसको अवसरमा लङ्वालाई सम्मानसहित पुरस्कृत गरिएको हो ।  

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा ताप्लेजुङका सहसचिव समेत रहनुभएका लङ्वा ताप्लेजुङबाट गोरखापत्र दैनिक सम्वाददाता समेत हुनुहुन्छ । लङ्वा सँगै भानुजन माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा समाजसेवी किशोर राई, र ढुङगेसाँघु रेडक्रस उपशाखालाई पुरस्कृत गरिएको छ । पत्रकार लङ्वा र प्रधानाध्यापक राईलाई नगद १० हजार १०५ रुपियाँ र प्रमाण पत्रसहित पुरस्कृत गरिएको थियो भने ढुङगेसाँघु रेडक्रस उपशाखालाई नगद १५ हजार रुपियाँ र प्रमाण पत्रसहित पुरस्कृत गरिएको हो । 

वि. सं. २०१३ साल वैशाख ९ गते जन्मनु भएका गौतमको २०६६ कात्तिक ११ गते हृदयघात भई निधन भएको थियो । त्यसपछि उहाँको स्मृतिमा प्रतिष्ठान स्थापना गरि वि. सं. २०७० सालदेखि निरन्तर रुपमा हरेक वर्ष एक–एक जना पत्रकार, समाजसेवी र रेडक्रसको उत्कृष्ट उपशाखालाई सम्मान गर्दै आइरहेको छ । 

प्रतिष्ठानले स्मृति दिवसको अवसरमा भित्तेपात्रो समेत विमोचन गरेको छ । प्रतिष्ठानले बिरामीहरूको सेवाका लागि दुई ओटा एम्बुलेन्स समेत सञ्चालन गरेको छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंको उपस्थिति रहेको थियो । 

यस्तै विशिष्ट अतिथि संविधानसभाका सदस्य सञ्चपाल मादेन, सिरिजङ्घा गाउँपालिकाका प्रवक्ता बमप्रसाद गौतम, दुर्गादल गुल्मका गुल्मपति उमेश खड्का, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतम, नेपाल रेडक्रस सोसाइटीका सभापति इन्द्र बहादुर गुरुङ, नेपाल पत्रकार महासङ्घका अध्यक्ष सुवास आचार्यको उपस्थिति रहेको थियो । 

साथै रेडक्रसका उपशाखाका प्रतिनिधिहरू, गौतम परिवार सञ्चारकर्मी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । 

प्रकाशित मिति : 4:46 pm

रेडियो काबेलीका स्टेसन मेनेजर लङ्वालाई टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कार प्रदान

सौगात बिष्टताप्लेजुङ, बैशाख ९ गते । रेडियो काबेलीका स्टेसन मेनेजर

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ