ताप्लेजुङ बज्रगुरु मन्त्रजपको पहिलो दिन १२ लाख बढी भेटी सङ्कलन



ताप्लेजुङ, चैत्र १३ गते । सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रमको पहिलो दिन झण्डै साढे १२ लाख रुपियाँ भेटी सङ्कलन भएको छ । बिहीबारबाट सुरु भएको ३ दिने मन्त्रजप कार्यक्रमको पहिलो दिन १२ लाख ३४ हजार २१ रुपियाँ सङ्कलन भएको हो ।

विश्व शान्ति मानव एकताका लागि सुरु भएको मन्त्रजप कार्यक्रममा प्रत्यक्ष रुपमा उपस्थित भएर तथा उपस्थित हुन नसक्ने भक्तजनले अनलाइनमार्फत संस्थानको खातामा दान रकम जम्मा गरेको ताप्लेजुङ बज्रगुरु मन्त्रजप मूल आयोजक समितिका सदस्य सचिव पासाङ रिता शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ताप्लेजुङको फुङलिङ नगरपालिका ९ सुकेटारमा सुरु भएको पुजा स्थलमा तीन लाख पाँच हजार ६१५ रुपियाँ भेटी भक्तजनले चढाएका छन् । त्यस्तै मोबाइल बैङ्किङ तथा फोन पेबाट नौ लाख २८ हजार ४०६ रुपियाँ भेटी जम्मा भएको सचिव शेर्पाको भनाइ छ ।

शनिबारसम्म जारी रहने कार्यक्रममा विश्व बिख्यात प्रमुख लामा कुन्दोलिङ ताक्छक रिम्पोछेको प्रमुख आतिथ्यतामा मन्त्रजप भइरहेको छ । मन्त्रजप हरेक दिन बिहान ८ बजेबाट सुरु भइरहेको बताइएको छ । मन्त्रजपमा ताप्लेजुङ सहित कोशी प्रदेशका विभिन्न जिल्ला, भारतको दार्जिलिङ, सिक्किम लगायत उपत्यकाबाट समेत भक्तजनको उपस्थिति भइरहेको समितिले जनाएको छ । कार्यक्रममा उपस्थित भएका भक्तजनलाई निःशुल्क रुपमा भोजनको समेत समितिले ब्यवस्था गरेको छ ।

वि. सं. २०७३ सालबाट सुरु भएको मन्त्रजप कार्यक्रम यस वर्ष सातौँ पटक जारी रहेको छ । कोरोना भाइरसको सङ्क्रमणको समय निरन्तर तीन वर्षसम्म स्थगित भएको यो कार्यक्रमले पुन निरन्तरता पाएको छ ।

प्रकाशित मिति : 10:07 am

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

ताप्लेजुङ, चैत १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र

सांसद थेबेले पहिलो महिनाको पारिश्रमिक आगेपा आधारभूत विद्यालयलाई प्रदान गर्ने

ताप्लेजुङ, चैत १३ गते । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य क्षितिज

ताप्लेजुङ बज्रगुरु मन्त्रजपको पहिलो दिन १२ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, चैत्र १३ गते । सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रमको

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

ताप्लेजुङ, चैत १२ गते । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

ताप्लेजुङ, चैत १२ गते । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समयमा