नाल्बूमा जारी पुरूष फुटबल प्रतियोगिता : लिङतेप, हाङपाङ र आयोजक क्वाटर फाइनलमा प्रवेश



ताप्लेजुङ, माघ २७ गते । स्वर्गीय सुक बहादुर र मनमाया नाल्बो स्मृति वडा स्तरीय पुरूष फुटबल प्रतियोगितामा लिङतेप, हाङपाङ र आयोजक निलो क्वाटर फाइनलमा प्रवेश गरेको छ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नाल्बुमा जारी उक्त प्रतियोगितामा लिङतेप र आयोजक निलोले नेट बल मार्फत क्वाटर फाइनल प्रवेश गरेको हो । 

नाल्बो लिम्बू समाजको आयोजना सञ्चालन भएको खेल तालिकामा तोकिएको समयमा फक्ताङलुङ–४ इखाबु खेल मैदानमा उपस्थित नभए पछि लिङतेपले नेटबल मार्फत अघि बढ्ने मौका पाएको हो । यस्तै मिक्वाखोला–१ खोक्लिङ पनि निर्धारित समयमा नआए पछि आयोजक निलोले नेट बल मार्फत क्वाटर फाइनलमा प्रवेश गरेको छ । 

यता हाङपाङले मेरिङदेन–५ थुकिमालाई ४–० गो अन्तरले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको छ । यस्तै आज प्रि–क्वाटरका बाकी ४ खेल सञ्चालन हुने नाल्बो लिम्बू समाजका सचिव योगेन नाल्बो लिम्बूले जानकारी दिनुभएको छ । 

आज हुने पहिलो खेलमा आयोजक सेतो र फालेलुङ–६ पाँचथरबिच प्रतिस्पर्धा हुनेछ । फागुन १ गते सम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत पुरुषतर्फ विजेताले नगद २ लाख १ हजार रुपैयाँ र उपविजेताले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै महिलातर्फ विजेताले ५१ हजार १ सय रुपैयाँ र उपविजेताले ३१ हजार १ सय रुपैयाँ पुरस्कार पाउनेछन् ।

आयोजकका अनुसार पुरुष फुटबलतर्फ सेमिफाइनलमा पुग्ने दुई टिमलाई नगद १० हजार रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिनेछ । साथै, हरेक खेलको म्यान अफ द म्याचलाई एक हजार रुपैयाँ दिइनेछ । विधागततर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर तथा सर्वोत्कृष्ट खेलाडीलाई जनही दुई हजार रुपैयाँ पुरस्कार प्रदान गरिने समाजले जनाएको छ।

प्रकाशित मिति : 5:50 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन