राष्ट्रपति रनिङ शिल्ड : मैवाखोलाको अग्रता कायमै



ताप्लेजुङ, माघ २६ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा जारी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ५४ स्वर्णको प्रतिस्पर्धा सकिँदा मैवाखोला गाउँपालिकाको अग्रता कायमै रहेको छ । २१ स्वर्ण, १४ रजत र ११ कास्यसहित ४६ पदकका साथ मैवाखोला गाउँपालिका पहिलो स्थानमा रहेको हो ।

आइतबार साँझसम्ममा कुल १ सय ९८ पदकको नतिजा सार्वजनिक भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार माबो लिम्बूले जानकारी दिनुभएको छ। दोस्रो दिनको खेल सकिँदा आठराई त्रिवेणी गाउँपालिकाले पदकमा सुधार गरेको छ ।

जसमा आठराई त्रिवेणी गाउँपालिका ११ स्वर्ण, १२ रजत र १८ कास्य पदकसहित दोस्रो स्थानमा रहँदा फुङलिङ नगरपालिका र सिदिङ्वा गाउँपालिकाले समान ७–७ स्वर्ण जितेका छन् । सिदिङ्वाले १० रजत र १५ कास्य पदकसहित ३२ पदक जित्दा फुङलिङले ८ रजत र २२ कास्यसहित ३७ पदक जितेको छ ।

मिक्वाखोला गाउँपालिकाले ३ स्वर्ण, ३ रजत र १५ कास्य गरी २१ पदक जितेको छ । मेरिङदेन गाउँपालिका र सिरिजङ्गा गाउँपालिकाले समान २–२ स्वर्ण पदक जितेका छन् । मेरिङदेनले ५ स्वर्ण र ५ रजत पदकसहित कुल पदकको सङ्ख्या १२ पुर्याएको छ भने सिरिजङ्गाले १ रजत र ३ कास्यसहित ६ पदक हासिल गरेको छ ।

पाथीभरा याङवरक गाउँपालिकाले १ स्वर्ण, १ रजत र १ कास्य पदकसहित ३ पदक हातमा पार्दा फक्ताङलुङ गाउँपालिका पदकविहीन छ । अब १२ स्वर्ण र १२ रजतसहित कास्य पदकका लागि सोमवार स्पर्धा हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । कराँते, तेक्वादो, उसु र भलिबल खेलमा कास्य पदक दोहोरो (डबल) हुने भएकोले कास्यको सङ्ख्यामा यसअघि भनिएको ७० पदक सङ्ख्याबाट वृद्धि भएको बताइएको छ ।

शुक्रबारबाट सिदिङ्वा गाउँपालिकाको केन्द्र रहेको साब्लाखुस्थित टावरडाँडा खेल मैदानमा सुरु १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबार सकिदैं छ ।

प्रकाशित मिति : 6:46 am

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज