ताप्लेजुङमा १३ सय किशोरीहरूलाई एचपीभी खोप दिइने



ताप्लेजुङ २६, माघ २५ गते । ताप्लेजुङमा करिव एक हजार तीन सय किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ह्युमन पापिलोमा भाइरस ९एचपीभी० खोप दिइने भएको छ । यही माघ २८ देखि फागुन १ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुने भएको हो ।

खोप अभियानमा एक हजार ३४२ जनालाई एचपीभी खोप प्रदान गरिने लक्ष्य रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप अधिकृत दिनेश रायले जानकारी दिनुभयो । उहाँका अनुसार १० देखि १४ वर्ष उमेर समूहका विद्यालयमा अध्ययनरत किशोरी र विद्यालय बाहिर रहेकालाई समेत खोप अभियानमा समावेश गरिने छ ।

ताप्लेजुङमा अघिल्लो वर्षको अभियानमा दुई जना मात्र किशोरी खोप लगाउनबाट छुटेका थिए । अधिकृत रायले भन्नुभयो, “अघिल्लो वर्ष अहिलेसम्म दुईजना छुटेको देखिएको छ, छुटेका अरु भेटिए लक्षित उमेर समूहलाई हामी खोप अभियानमा समावेश गर्ने छौँ ।”

एचपीभी खोप अभियानका लागि ताप्लेजुङमा दुई सय सात वटा खोप केन्द्र निर्धारण भएका छन् । आधिकांश खोप केन्द्र विद्यालयमा रहने देखिएको छ । खोप अभियानका क्रममा दुई सय तीन जना स्वास्थ्यकर्मी तथा दुई सय सात जना स्वयंसेविका खटिने भएका छन् । खोपको अनुगमन तथा सुपरीवेक्षणका क्रममा ७६ जना जनशक्ति परिचालित हुने खोप अधिकृत रायले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 6:43 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन