प्रथम लिङ्तेप गोल्डकप : साथीभाइ र पाँचथर फाइनलमा प्रवेश 



ताप्लेजुङ, माघ १२ गते । साथीभाइ सामाजिक युवा क्लब फुङलिङ र कुम्मायक कुसायक पाँचथर ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपमा जारी आमन्त्रित प्रथम लिङ्तेप गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमिफाइनल खेलमा साथीभाइले लालिमा युवा क्लब ढुङ्गोसाँघुलाई ३–० गोल अन्तर र कुम्मायक कुसायकले प्रगतिशिल युवा क्लब आयोजक रातोलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । 

सोमबार भएको पहिलो सेमिफाइनल खेलमा साथीभाइको तर्फबाट खेलको ३८ औं मिनेटमा पवन नेयोङहाङले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । यस्तै खेलको ४५ औं मिनेटमा जमिन लक्समले गोल गर्दै टिमलाई २–० को अग्रता दिलाउन सफल हुने भएको थियो भने खेलको ६८ औं मिनेटमा फेरी जमिनले नै व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० गोल अन्तरको जित दिलाउन सफल हुनुभएको हो । 

यस्तै सोमबार नै भएको दोस्रो सेमिफाइनल खेलमा कुम्मायक कुसायकको तर्फबाट खेलको ३५ औं मिनेटमा लोकेन्द्र थापाले गोल गर्नुहुँदै टिमलाई अग्रता दिलाउनुभएको थियो । खेलको ३८ औं मिनेटमा आयोजक रातोको तर्फबाट सविन तामाङले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो । यस्तै खेलको ५४ औं मिनेटमा फेरी कुम्मायक कुसायकको तर्फबाट लोकेन्द्र थापाले नै गोल गर्दै टीमलाई २–१ गोल अन्तरले जित दिलाउन सफल हुनुभएको हो । 

यो सँगै बसन्त पञ्चमीको अवसरमा प्रगतिशील युवा क्लबको आयोजनामा सञ्चालित गोल्ड कपमा अब मंगलबार उपाधिका फाइनल खेलमा साथीभाइ र कुम्मायक कुसायकबिच प्रतिस्पर्धा हुने पक्का भएको छ । तुलसी स्मृति प्रतिष्ठान खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगिताका विजेता टिमले तीन लाख दुई हजार ८२ रुपियाँसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुने टिमले एक लाख ५२ हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । 

प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद दुई हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई जनही ४ हजार रुपियाँ र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई आठ हजार रुपियाँ प्रदान गरिनेछ । फुटबलको माध्यमबाट मेरिङदेनमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले गोल्डकपको आयोजना गरिएको हो । प्रतियोगिता सञ्चालन गर्न करिब ११ लाख रुपियाँ लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 5:56 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन