प्रथम लिङ्तेप गोल्डकप : सेमिफाइनका खेल हुँदै 



ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपमा जारी आमन्त्रित प्रथम लिङ्तेप गोल्डकपमा सोमबार सेमिफाइनलका खेल हुने भएको छ । बसन्त पञ्चमीको अवसरमा प्रगतिशील युवा क्लबको आयोजनामा सञ्चालित गोल्ड कपमा सोमबार सेमिफाइनलका खेल हुने भएको हो ।

जस अन्तरगत पहिलो सेमिफाइनल खेलमा लालिमा युवा क्लब ढुङ्गेसाँघु र साथीभाइ सामाजिक युवा क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । लालिमाले शुकबार भएको उद्‌घाटन खेलमा प्रगतिशील युवा क्लब आयोजक निलोलाई ७–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यता आइतबार भएको खेलमा साथीभाइले पुवाजुङ युथ क्लब इलामलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा लालिमा सँग भेट पक्का गरेको हो । 

यस्तै सोमबार नै हुने दोस्रो सेमिफाइनल खेलमा आयोजक रातो र कुम्मायक कुसायक पाँचथरबीच प्रतिस्पर्धा हुँदै छ । आयोजक रातोले शनिबार भएको खेलमा मानाभारा युथ क्लब खेजेनिमलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । यस्तै कुम्मायक कुसायकले आइतबार भएको खेलमा पृथ्वी लेस्नमाया युथ क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आयोजक सँग भेट पक्का गरेको हो । 

सोमबार विजेता हुने टोलीहरूले मङ्गलबार हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने खेल संयोजक विश्व नाल्बोले जानकारी दिनुभयो । तुलसी स्मृति प्रतिष्ठान खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगिताका विजेता टिमले तीन लाख दुई हजार ८२ रुपियाँसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुने टिमले एक लाख ५२ हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद दुई हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई जनही ४ हजार रुपियाँ र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई आठ हजार रुपियाँ प्रदान गरिनेछ । फुटबलको माध्यमबाट मेरिङदेनमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले गोल्डकपको आयोजना गरिएको हो । 

प्रतियोगिता सञ्चालन गर्न करिब ११ लाख रुपियाँ लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 6:50 am

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित