वरकदेन गोल्ड कपको उपाधि हाङपाङलाई 




ताप्लेजुङ, माघ ८ गते ।
तेस्रो वरकदेन गोल्ड कपको उपाधि चुवा समाज युवा क्लब हाङ्पाङले हात पारेको छ । श्री वरकदेन युवा क्लबको आयोजनामा बुधबार सम्पन्न भएको खेलमा गोरखा युवा क्लब फुङलिङ–१ लाई ५–० गोल अन्तरले पराजित गर्दै हाङ्पाङ उपाधि हात पारेको हो । 

उपाधि सँगै हाङ्पाङले नगद एक लाख ५१ हजार १११ रुपियाँसहित ३ वर्षे रनिङ कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बन्न सफल फुङलिङले एक लाख १ हजार १११ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु परेको खेल संयोजक राज केदेमले जानकारी दिनुभयो । 

गोल्ड कप कक्फेक्वा तङ्नाम (माघे सक्रान्ती) को अवसरमा सञ्चालन गरिएको श्री वरकदेन युवा क्लबका अध्यक्ष उमेश केदेमले बताउनुभयो । खेलकुदको माध्यमबाट स्थानीय उत्पादनको प्रर्वद्धन साथै पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने मूल उद्देश्य रहेको पनि अध्यक्ष केदेमको भनाई छ । 
 

प्रकाशित मिति : 6:39 am

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध