प्रथम माघेमेला गोल्ड कप : ढुङ्गेसाँघुलाई पराजित गर्दै आयोजक सेमिफाइनलमा



ताप्लेजुङ, माघ १ गते । ताप्लेजुङको सिंवा बजारमा सञ्चालन भएको आमन्त्रित प्रथम माघेमेला गोल्ड कपमा आयोजक सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको उद्‌घाटन खेलमा जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघुलाई ४–० गोल अन्तरले पराजित गर्दै आयोजक सिंवा स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

कक्फेक्वा तङ्नाम (माघे सङ्क्रान्ति) को अवसरमा सञ्चालन भएको ऐतिहासिक माघेनी मेलासँगै गोल्ड कपमा जम्मा आठ समूहको सहभागिता रहेको माघेमेला सञ्चालन समितिका अध्यक्ष तेजविर लिम्बूले जानकारी दिनुभयो । यस्तै, शुक्रबार दोस्रो दिन दुई खेल सञ्चालन हुने अध्यक्ष लिम्बूको भनाई छ । उहाँका अनुसार शुक्रबार नाम्थोक युवा क्लब पाँचथर र वि.सि.एस. मेमोरियल युवा क्लब सावादिनबिच प्रतिस्पर्धा हुँदै छ ।

शुक्रबार नै हुने अर्को खेलमा ड्रिम बोइज एफ.सि. धनकुट्टा र खाम्लालुङ ग्रामीण युवा समाजबिच प्रतिस्पर्धा हुने भएको छ । शनिबार अन्तिम क्वार्टरफाइनलका दिन भने श्री लागीगुराँस स्पोर्टिङ युवा क्लब सुरुमखिम र कन्काई स्पोर्टिङ क्लब झापाबिच प्रतिस्पर्धा हुने अध्यक्ष लिम्बूको भनाइ छ ।

ऐतिहासिक माघे मेला यस अघि पनि सञ्चालन हुँदै आएको थियो भने गोल्ड कप भने पहिलो पटक सञ्चालन हुने भएको हो । माघे मेला सञ्चालन समिति र सिंवा स्पोर्टिङ क्लबको आयोजनामा सञ्चालन हुने आमन्त्रित गोल्ड कपका विजेताले नगद तीन लाख ५० हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै, दोस्रो हुनेले नगद एक लाख ७५ हजार रुपियाँसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष लिम्बूको भनाइ छ । साथै वेस्ट प्लेयर, वेस्ट डिफेन्डर, हाई स्कोर र वेस्ट किपरका लागि पति उचित पुरस्कारको व्यवस्था गरिएको छ ।

मेलामा वृहत माघेनीमेला साँगीतिक साँझ–२०८२ समेत सञ्चलन हुने सांस्कृतिक संयोजक फुङनाम लिङ्खिमले जानकारी दिनुभयो । उहाँका अनुसार साँगीतिक साँझमा राष्ट्रीय कलाकार तारा प्रकाश लिम्बूसँगै चर्चित कलाकार र स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ ।

विषेश गरी सिंवा बजारलाई जिल्लाको तेस्रो ठुलो बजार मानिन्छ । सिंवा बजार ताप्लेजुङको पर्यटकीय क्षेत्र कञ्चनजङ्घा हिमाल, कुम्भकर्ण हिमाल, ऐतिहासिक क्षेत्र ओलाङ्चुङगोला, सिङ्जेमा तालसँगै चिनसँगको सिमा नाका तिपतालाको प्रवेशद्वार भएकोले यसको प्रवर्धनसँगै व्यापारिक क्षेत्र बनाउनका लागि मेला सञ्चालन गर्न लागिएको आयोजकको भनाइ छ ।

प्रकाशित मिति : 7:35 pm

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन

पाथीभरामा १८ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन १ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)