षड्यन्त्रमा देश फसेको छ : छितिज थेबे 



ताप्लेजुङ, पुस २० गते । नेकपा एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष छितिज थेबेले षड्यन्त्रमा देश फसेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल ताप्लेजुङको आयोजनामा आइतबार सम्पन्न भएको पत्रकार सम्मेलनमा बोल्नु हुँदै गृह जिल्ला ताप्लेजुङ पुग्नुभएका थेबेले यस्तो बताउनुभएको हो । 

वि. सं. २०७२ सालमा दोस्रो संविधान सभाको निर्वाचनपछि जब संविधान निर्माण गर्न सफल भइयो त्यसपछि नै हामी माझमा वैदेशिक षड्यन्त्रको हस्तक्षेप बढेको थेबेको भनाई छ । भदौ २३ र २४ आन्दोलन यही षड्यन्त्रको रूप भएको उहाँको दावी थियो ।

नेकपा एमाले यो षड्यन्त्रको विरुद्ध, विदेशी दलालको विरुद्ध र लुसिफरको विरुद्ध पर्दाफास गर्न लाग्यो यही कारण एमालेलाई आक्रमण भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “नेपालको धर्ती लिपुलेक र लिम्पियाधुरा समेटिएर नेपालको चुच्चे नक्सा सार्वजनिक गरियो, चिन सँग पार्वान सम्झौता गरियो, राष्ट्रको पर्यायवाचीको रुपमा नेकपा एमाले लग्यो, नेपाली जनताको समृद्धिका लागि एमाले अटलका साथ लाग्यो त्यसैले यो प्रहार सामना गर्नु पर्यो ।” 

देश मुख्य दलहरूलाई गलत बनाउनका लागि गलत प्रचार गरि सोसियल मिडियाको दुरुपयोग मार्फत ३५ प्रतिशत फेक अकाउण्टहरू प्रयोग गरी षड्यन्त्र गरिएको थेबेको आरोप छ । अब यो भ्रम नेकपा एमालेले चिर्ने उहाँको दाबी थियो । 

प्रकाशित मिति : 11:51 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन