प्रथम मानाभारा गोल्डकप : उपाधिका लागि आज माछापोखरी र लालीगुराँस भिड्दै



ताप्लेजुङ, पुष १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा जारी प्रथम मानाभारा गोल्डकपको उपाधिका लागि माछापोखरी हिटी क्लब चाँगे र लालीगुराँस स्र्पोटिङ युवा क्लब सुरुङ्खिमबीच प्रतिष्पर्धा हुने भएको छ । आज हुने फाइनल खेलमा उपाधिका लागि माछापोखरी र लालीगुराँसबिच प्रतिष्पर्धा हुने भएको हो । 

शुक्रबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा माछापोखरीले जनसेवा आर्दश स्र्पोटिङ क्लबलाई ७—१ गोलको फराकिलो अन्तरले पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरेको हो । त्यस्तै शुक्रबार नै सम्पन्न भएको दोश्रो सेमिफाइनल खेलमा लालीगुराँसले नवप्रयास युथ क्लब हाङ्देवालाई ७–६ गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । 

खेलको निर्धारित समयमा दुबै टिमले समान १—१ गोलको बराबरी खेलेपछि पेनाल्टी सुटआउटबाट खेलको नतिजा निकाल्ने प्रयास गरिए पनि त्यो सफल हुन सकेन । पेनाल्टी सुटआउटमा पनि दुबै टिमले समान ४–४ गोल गरे । त्यसपछि खेलको नतिजा सडनडेथबाट निकालिएको हो । 

प्रतियोगिताको विजेताले नगद ३ लाख २ हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै उपविजेतालाई नगद १ लाख ५२ हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको क्लबका सचिव अन्छङ्बोले बताउँनुभयो । साथै विभिन्न विधामा सर्वोत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

स्थानीय स्तरमा उत्पादित प्रमुख नगदे बाली अलैँचीको प्रवर्द्धन साथै विश्वमा छरिएर रहनु भएका लिम्बू जातिको शिर उठाउने ठाउँ ‘नाहाङ्मा–यक’ र गडीडाँडाको संरक्षण तथा प्रचार प्रसारका लागि गोल्ड कपको आयोजना गरिएको क्लबका संरक्षक विकास साम्रा रविनले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 5:56 am

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक