मानाभरा गोल्डकप : आज सेमिफाइनलका खेल हुँदै



ताप्लेजुङ, पुस १८ गते । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी मानाभरा गोल्डकपमा आज सेमिफाइनलका खेल सञ्चालन हुने भएको छ । शुक्रबार सेमिफाइनल अन्तरगतका दुई खेल सञ्चालन हुने भएको हो ।

जसमा पहिलो सेमिफाइनल खेलमा जनसेवा आर्दश स्पोर्टिङ क्लब र माछापोखरी हिटी क्लब चाँगे बिच प्रतिस्पर्धा हुने मानाभरा स्पोर्टिङ क्लबका सचिव मौसम अन्छङ्बोले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार भएको क्वाटरफाइनल खेलमा लिखु भुजी रामेछाप युथ क्लब काठमाडौँलाई २–१ गोल अन्तरले पराजित गर्दै जनसेवा आर्दश स्पोर्टिङ क्लब ढुङगेसाँघु सेमिफाइनलमा प्रवेश गरेको हो ।

माछापोखरीले दुई विदेशी खेलाडीलाई मैदानमा उतारदै छ । मङ्गलबार भएको उद्‌घाटन खेलमा मानाभारा युथ स्पोर्टिङ क्लब आयोजकलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित गर्दै माछापोखरी सेमिफाइनलमा प्रवेश गरेको हो ।

सेमिफाइनल खेल अन्तरगनको दोस्रो खेलमा अज नै नवप्रयास युथ क्लब हाङ्देवा र लालिगुराँस युथ क्लब सुरुङ्खिमविच प्रतिस्पर्धा हुँदै छ । बिहीबार सम्पन्न भएको अन्तिम क्वाटरफाइनल खेलमा प्रगतिशील युवा क्लब मेरिङ्देन–४ लिङ्तेपलाई २–० गोल अन्तरले पराजित गर्दै नवप्रयास सेमिफाइनलमा प्रवेश गरेको हो ।

यस्तै बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा सिँवा स्पोर्टिङ फक्ताङलुङलाई ४–० गोल अन्तरले पराजित गर्दै लालिगुराँस सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको विजेताले नगद ३ लाख २ हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

यस्तै उपविजेतालाई नगद १ लाख ५२ हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको क्लबका सचिव अन्छङ्बोले बताउँनुभयो । साथै विभिन्न विधामा सर्वोत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

स्थानीय स्तरमा उत्पादित प्रमुख नगदे बाली अलैँचीको प्रवर्द्धन साथै विश्वमा छरिएर रहनु भएका लिम्बू जातिको शिर उठाउने ठाउँ ‘नाहाङ्मा–यक’ र गडीडाँडाको संरक्षण तथा प्रचार प्रसारका लागि गोल्ड कपको आयोजना गरिएको क्लबका संरक्षक विकास साम्रा रविनले जानकारी दिनुभयो ।

खेजेनिमको आहाले टारमा सञ्चालन भइरहेको प्रतियोगिताको फाइनल खेल शनिबार हुने छ ।

प्रकाशित मिति : 6:11 am

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक