प्रथम मानाभारा गोल्ड कप आजबाट : उद्घाटनमा आयोजक र माछापोखरी भिड्दै 



ताप्लेजुङ, पुस १५ गते ।  प्रथम मानाभारा गोल्ड कप आजबाट सुरु हुँदै छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा  मानाभारा युथ स्पोर्टिङ क्लबको आयोजनामा प्रथम मानाभारा गोल्ड कप आजबाट सुरु हुने भएको हो । 

स्थानीय स्तरमा उत्पादित प्रमुख नगदे बाली अलैँचीको प्रवर्द्धन साथै विश्वमा छरिएर रहनु भएका लिम्बू जातिको शिर उठाउने ठाउँ ‘नाहाङ्मा–यक’ र गडीडाँडाको संरक्षण तथा प्रचार प्रसारका लागि गोल्ड कपको आयोजना गरिएको क्लबका संरक्षक विकास साम्रा रविनले जानकारी दिनुभयो । खेजेनिमको आहाले टारमा सञ्चालन हुने प्रतियोगितामा जम्मा आठ टिमको सहभागिता रहेको छ । 

आज हुने उद्‌घाटन खेलमा मानाभारा युथ स्पोर्टिङ क्लब र माछापोखरी हिटी क्लब चाँगे बिच प्रतिस्पर्धा हुने मानाभारा युथ स्पोर्टिङ क्लबका सचिव मौसम अन्छङ्बोले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार दोस्रो क्वाटरफाइनल खेलमा सिँवा स्पोर्टिङ क्लब लिङखिम र लालीगुराँस स्पोर्टिङ क्लब सुरुमखिमबिच प्रतिस्पर्धा हुँनेछ । 

यस्तै बुधबार नै तेस्रो क्वाटरफाइनल खेलमा लिखु भुजी रामेछाप युथ क्लब र जनसेवा आर्दश स्पोर्टिङ क्लब ढुङगेसाँघु बिच प्रतिस्पर्धा हुने छ भने विहीबार अन्तिम क्वाटरफाइन खेलमा नव प्रयास युनाइटेड क्लब हाङ्देवा, प्रगतिशील युवा क्लब लिङ्तेपबिच भिडन्त हुने अन्छङबोको भनाई छ । 

प्रतियोगिताको विजेताले नगद ३ लाख २ हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै उपविजेतालाई नगद १ लाख ५२ हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ । 

 साथै विभिन्न विधामा सर्वोत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । 
 

प्रकाशित मिति : 8:04 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ