पदम बहादुर स्मृति फुटबल प्रतियोगिता : उपाधिका लागि साथीभाइ र आयोजक भिड्दै



ताप्लेजुङ, पुस १५ गते । दोस्रो स्वर्गीय पदमबहादुर गुरुङ स्मृति पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि साथीभाइ सामाजिक युवा क्लब फुङ्लिङ र आयोजक ’बी’ भिड्ने भएका छन् । तमु ल्होसार पर्व २०८२ को अवसरमा फुङ्लिङ स्थित लक्ष्मीटारमा मङ्गलबार हुने फाइनल खेलमा साथीभाइ र आयोजक भिड्ने भएका हुन् । 

सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङ पुलिस क्लब विरुद्ध ४–० गोल अन्तरको जित निकाल्दै साथीभाइ फाइनल पुगेको हो । यस्तै अन्तिम सेमिफाइनल खेलमा आयोजक ’बि’ ले टाइब्रेकरमा गोर्खाली स्पोर्टिङ क्लब मेलुङलाई पराजित गरी आयोजकले फाइनलमा साथीभाइसँगकोे भेट पक्का गरेको छ । 

प्रतियोगिताको विजेताले नगद १ लाख १५ हजार रुपियाँ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । उपविजेताले भने नगद  ५५ हजार रुपियाँ सहित ट्रफी मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु पर्ने छ । फुटबल प्रतियोगिताको फाइनल खेलसहित अन्य विविध कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । 

मङ्गलबार फुङ्लिङ बजारदेखि निङ्मा छ्यो खोर्लिङ बौद्ध गुम्बासम्म शान्ति र्‍याली हुनेछ भने दिउँसो गुम्बामा पूजापाठ गरी फुटबल खेलको समापनसहित साँझ भव्य सांस्कृतिक कार्यक्रम हुने आयोजक ताप्लेजुङ स्पोर्टिङ क्लबले जानकारी दिएको छ ।

प्रकाशित मिति : 7:42 am

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक