पदम बहादुर स्मृति फुटबल प्रतियोगिता : उपाधिका लागि साथीभाइ र आयोजक भिड्दै



ताप्लेजुङ, पुस १५ गते । दोस्रो स्वर्गीय पदमबहादुर गुरुङ स्मृति पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि साथीभाइ सामाजिक युवा क्लब फुङ्लिङ र आयोजक ’बी’ भिड्ने भएका छन् । तमु ल्होसार पर्व २०८२ को अवसरमा फुङ्लिङ स्थित लक्ष्मीटारमा मङ्गलबार हुने फाइनल खेलमा साथीभाइ र आयोजक भिड्ने भएका हुन् । 

सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङ पुलिस क्लब विरुद्ध ४–० गोल अन्तरको जित निकाल्दै साथीभाइ फाइनल पुगेको हो । यस्तै अन्तिम सेमिफाइनल खेलमा आयोजक ’बि’ ले टाइब्रेकरमा गोर्खाली स्पोर्टिङ क्लब मेलुङलाई पराजित गरी आयोजकले फाइनलमा साथीभाइसँगकोे भेट पक्का गरेको छ । 

प्रतियोगिताको विजेताले नगद १ लाख १५ हजार रुपियाँ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । उपविजेताले भने नगद  ५५ हजार रुपियाँ सहित ट्रफी मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु पर्ने छ । फुटबल प्रतियोगिताको फाइनल खेलसहित अन्य विविध कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । 

मङ्गलबार फुङ्लिङ बजारदेखि निङ्मा छ्यो खोर्लिङ बौद्ध गुम्बासम्म शान्ति र्‍याली हुनेछ भने दिउँसो गुम्बामा पूजापाठ गरी फुटबल खेलको समापनसहित साँझ भव्य सांस्कृतिक कार्यक्रम हुने आयोजक ताप्लेजुङ स्पोर्टिङ क्लबले जानकारी दिएको छ ।

प्रकाशित मिति : 7:42 am

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था