दोश्रो पदम बहादुर गुरुङ स्मृति फुटबल प्रतियोगिता सुरु, साथीभाइ र गोर्खाली विजय यात्रामा



ताप्लेजुङ, पुस ११ गते । दोश्रो पदम बहादुर गुरुङ स्मृति फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । तमू ल्होसरको अवसरमा आयोजित प्रतियोगिताको उद्‌घाटन फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनको प्रमुख आतिथ्यता र उपप्रमुख भिमादेवी ओझाको विशिष्ट आतिथ्यतामा सुरु भएको हो । 

तमु जातिहरूको महान पर्व तमु ल्होसारको अवसरमा आयोजित प्रतियोगितामा आज दुई खेल भएका छन् । फुङ्लिङ नगरपालिका ६ स्थित लक्ष्मीटारमा आज भएको पहिलो खेलमा आयोजक ’ए’लाई ४ –० ले हराउँदै साथीभाइ युवा क्लबले जित निकालेको । 

त्यस्तै दोस्रो खेलमा कर्णसिंह सोनाम स्मृति क्लबलाई ५ –० गोलअन्तरले पराजित गर्दै गोर्खाली युवा क्लब मेलुङले विजयी सुरुवात गरेको छ ।  १४ टिम सहभागी प्रतियोगिताका अन्य खेलहरू भोलि बिहान १० बजेबाट सुरु हुने आयोजकले बताएको छ ।

प्रतियोगिताकाको फाइनल खेल तमु ल्होसारको दिन पुष १५ गत हुने छ । विजेताले नगद १ लाख १५ हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित नगद पुरस्कार व्यवस्था गरिएको बताइएको छ । 

प्रकाशित मिति : 9:16 pm

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक