ल्होसारमा पदमबहादुर गुरुङ स्मृति फुटबल प्रतियोगिता



ताप्लेजुङ, पुष १० गते । तमु ल्होसारको अवसरमा दोस्रो स्वर्गीय पदमबहादुर गुरुङ स्मृति क्लब स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । गुरुङ समुदायको महान पर्व ल्होसारको अवसरमा पौष ११ गतेदेखि १५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने हो ।

पत्रकार सम्मेलन मार्फत तमु ह्यूल छोँज धीँ (गुरुङ राष्ट्रिय परिषद) र ताप्लेजुङ स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन हुने बारे जानकारी दिइएको हो ।

प्रतियोगितामा १४ टिमको सहभागिता रहने खेल संयोजक पब्लिक गुरुङले जानकारी दिनुभएको छ । प्रतियोगिताको विजेताले नगद एक लाख १५ हजार र उपविजेताले ५५ हजार रुपियाँ प्राप्त गर्ने आर्थिक संयोजक योगेश गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा विधागत तर्फ समेत पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

खेल सम्पन्न गर्न कूल १४ लाख ५० हजार रुपियाँ रकम लाग्ने आयोजकको अनुमान रहेको छ । तमु (गुरुङ) जातिहरूको ल्होसारको अवसरमा कृषि व्यवसाय, होमस्टे पर्यटन प्रवर्द्धन, धार्मिक क्षेत्र सँगै मौलिक संस्कार संस्कृतिको जगेर्ना गर्न प्रतियोगितालाई निरन्तरता दिइएको सांस्कृतिक कार्यक्रम संयोजक सूर्य गुरुङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 11:58 am

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक