ऐतिहासिक पुषे मेला : भलिबल प्रतियोगिताको उद्‌घाटन खेलमा आज भोजपुर र कोशीबिच प्रतिस्पर्धा गर्दै



ताप्लेजुङ, पुष २ गते । ऐतिहासिक पुषे मेलामा आज अन्तर जिल्ला क्लब स्तरीय भलिबल प्रतियोगिताको उद्‌घाटन खेलमा भोजपुर र कोशीबिच प्रतिस्पर्धा हुँदै छ । हरेक वर्षको पुष १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने मेलाको उद्‌घाटन खेलमा आज भोजपुर र कोशी भिड्ने भएको हो । 

हिजोबाट सुरु भएको मेलाको औपचारिक उद्‌घाटन भने आज मात्र हुने भएको छ ।  पुषे मेला सञ्चालन समिति तथा दोभान स्पोर्टिङ क्लबका अध्यक्ष हेम सिरेङचोङबाङका अनुसार आवश्यक तयारी हिजो मात्र पुरा भएकाले उद्घाटनको कार्यक्रम आजका लागि सारिएको हो । कार्यक्रमको उद्‌घाटन मेरिङदेन गाउँपालिकाका अध्यक्ष युकहाङबीर हाङगाम डम्बरको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ । 

अन्तर जिल्ला क्लब स्तरीय भलिबल प्रतियोगितामा भारतको टिमले सहभागिता जनाउने गरि सम्पर्क गरेको तर हिजो आइ नपुगेकाले मेलाको उद्‌घाटन सम्भव नभएको सचिव गणेश कार्की ढोलीले जानकारी दिनुभयो । उहाँका अनुसार भारतको खेलाडी नआउने अन्तिम समयमा टुङ्गो लागेपछि प्रतियोगितामा ५ टिमको मात्र सहभागिता रहने भएको छ । 
यस्तै आज हुने दोश्रो खेलमा मुकेश मेमोरियल र दमक झापाबीच प्रतिष्पर्धा हुँदैछ । त्यस्तै भोलि पहिलो खेलमा कोशी र सभापोखरी सङ्खुवासभा तथा दोश्रो खेलमा भोजपुर र सभापोखरी भिड्दै छन् । 

मेरिङदेन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको संगम स्थल दोभान बजारमा विगत ५२ वर्ष अघि देखि लाग्दै आएको मेलामा यस वर्ष अन्तराष्ट्रिय आमन्त्रण अन्तर जिल्ला क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, ¥याफ्टिङ, साँस्कृतिक कार्यक्रम तथा स्थानीय स्तरमा उत्पादित कृषि सामाग्रीहरूको बजारीकरण गरिनेछ ।  

प्रतियोगिताको विजेताले नगद तीन लाख रुपियाँ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने कार्की डोलीको भनाई छ । यस्तै दोस्रो हुने टिमले नगद एक लाख ७५ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।  सेमिफाइनलमा पुग्न सफल दुई टिमलाई ५० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ भने विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूको लागि पनि उचित पुरस्कारको व्यवस्था गरिएको छ । 

यस्तै ब्याडमिन्टन प्रतियोगिता कोशी प्रदेश स्तरीय र जिल्ला स्तरीय सञ्चालन हुने छ । जसमा कोशी प्रदेश स्तरीयका प्रथम, द्वितीय, तृतीय र चौथोलाई क्रमश नगद ५२ हजार, ३० हजार ७० हजार र ७० हजार रुपियाँको व्यवस्था गरिएको छ । जिल्ला स्तरीयका प्रथम र द्वितीयलाई क्रमश नगद २५ हजार र १२ हजार रुपियाँको व्यवस्था गरिएको छ । 

मेलाका लागि पुष ३ र ४ गते मेरिङ्देन गाउँपालिकाले स्थानीय बिदा समेत प्रदान गरेको छ ।  मेला सम्पन्न गर्नका लागि ३६ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । मेलाको प्रयोजकमा मेरिङदेन गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका, मिक्वाखोला गाउँपालिका सहित केही प्रतिष्ठित निजी कम्पनीहरू रहेका छन् ।
 

प्रकाशित मिति : 7:07 am

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ