आजबाट सुरु हुने भनिएको ऐतिहासिक पुषे मेलाको औपचारिक उद्‌घाटन भोलि मात्र हुने



ताप्लेजुङ, पुष १ गते । आजबाट सुरु हुने ऐतिहासिक पुषे मेलाको औपचारिक उद्‌घाटन भोलि मात्र हुने भएको छ । हरेक वर्षको पुष १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने मेलाको उद्‌घाटन यस वर्ष भने पुष २ गते (बुधबार) मात्र हुने भएको हो ।

पुषे मेला सञ्चालन समिति तथा दोभान स्पोर्टिङ क्लबका अध्यक्ष हेम सिरेङचोङबाङका अनुसार आवश्यक तयारी आज मात्र पुरा भएकाले उद्घाटनको कार्यक्रम भोलिका लागि सारिएको हो । कार्यक्रमको उद्‌घाटन मेरिङदेन गाउँपालिकाका अध्यक्ष युकहाङबीर हाङगाम डम्बरको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ । 

अन्तर जिल्ला क्लब स्तरीय भलिबल प्रतियोगितामा भारतको टिमले सहभागिता जनाउने गरि सम्पर्क गरेको तर आज आइ नपुगेकाले मेलाको उद्‌घाटन सम्भव नभएको सचिव गणेश कार्की ढोलीले जानकारी दिनुभयो । उहाँका अनुसार भारतको खेलाडी नआउने अन्तिम समयमा टुङ्गो लागेपछि प्रतियोगितामा ५ टिमको मात्र सहभागिता रहने भएको छ । 

यस्तै भलिबल प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ । सार्वजनिक तालिका अनुसार बुधबार पहिलो खेलमा भोजपुर र कोशी दोश्रो खेलमा मुकेश मेमोरियल र दमक झापाबीच प्रतिष्पर्धा हुँदैछ । त्यस्तै पुष ३ गतेको पहिलो खेलमा कोशी र सभापोखरी सङ्खुवासभा तथा दोश्रो खेलमा भोजपुर र सभापोखरी भिड्दै छन् । 

मेरिङदेन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको संगम स्थल दोभान बजारमा विगत ५२ वर्ष अघि देखि लाग्दै आएको मेलामा यस वर्ष अन्तराष्ट्रिय आमन्त्रण अन्तर जिल्ला क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, ¥याफ्टिङ, साँस्कृतिक कार्यक्रम तथा स्थानीय स्तरमा उत्पादित कृषि सामाग्रीहरूको बजारीकरण गरिनेछ ।  

प्रतियोगिताको विजेताले नगद तीन लाख रुपियाँ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने कार्की डोलीको भनाई छ । यस्तै दोस्रो हुने टिमले नगद एक लाख ७५ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।  सेमिफाइनलमा पुग्न सफल दुई टिमलाई ५० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ भने विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूको लागि पनि उचित पुरस्कारको व्यवस्था गरिएको छ । 

यस्तै ब्याडमिन्टन प्रतियोगिता कोशी प्रदेश स्तरीय र जिल्ला स्तरीय सञ्चालन हुने छ । जसमा कोशी प्रदेश स्तरीयका प्रथम, द्वितीय, तृतीय र चौथोलाई क्रमश नगद ५२ हजार, ३० हजार ७० हजार र ७० हजार रुपियाँको व्यवस्था गरिएको छ । जिल्ला स्तरीयका प्रथम र द्वितीयलाई क्रमश नगद २५ हजार र १२ हजार रुपियाँको व्यवस्था गरिएको छ । 

मेलाका लागि पुष ३ र ४ गते मेरिङ्देन गाउँपालिकाले स्थानीय बिदा समेत प्रदान गरेको छ ।  मेला सम्पन्न गर्नका लागि ३६ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । मेलाको प्रयोजकमा मेरिङदेन गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका, मिक्वाखोला गाउँपालिका सहित केही प्रतिष्ठित निजी कम्पनीहरू रहेका छन् ।

प्रकाशित मिति : 6:03 pm

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक