सिरिजङ्गा गोल्डकपको सेमिफाइनल समीकरण पुरा, आज आयोजक र धरान भिड्दै



ताप्लेजुङ, मंसिर २७ गते । ताप्लेजुङको तेल्लोकमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको सेमिफाइनल समीकरण पुरा भएको छ । 

शुक्रबार भएको अन्तिम क्वाटर फाइनल खेलमा धनकुटाको साँगुरीगढी फुटबल क्लबलाई पराजित गर्दै तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । यो सँगै खेलको समीकरण पुरा भएको हो । 

साँगुरीगढी फुटबल क्लब धनकुटालाई ५–२ ले हराउँदै म्याङलुङले अन्तिम चारमा स्थान बनाएको छ । यो सँगै धनकुटाले फाइनलका लागि न्यू स्टार फुटबल क्लब झापासँग आइतबार प्रतिस्पर्धा गर्ने भएको छ । 

धनकुटा र म्याङलुङ दुवै टिममा विदेशी खेलाडीको साथ रहेको थियो । शनिबारको पहिलो सेमिफाइनल खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लब र मरिक एफ. सि. सुनसरी धरानबिच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिताका विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार पाउने छन् । प्रतियोगिताको फाइनल खेल मंसिर २९ गते हुँदै छ । 

 

प्रकाशित मिति : 6:44 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन