न्यू स्टार झापा सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश



रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको सिरिजङ्गा गाउँपालिकामा जारि पाँचौ सिरिजंगा गोल्डकपमा न्यू स्टार झापा सेमिफाईनमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाईनल खेलमा वाइवाइ पाँचथर फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तर पराजित गर्दै सेमिफाईनमा प्रवेश गरेको हो । निर्धारित समयमा भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको हो ।

खेलको प्लेयर अफ दी म्याच झापाका रिचार्ड विल्सन हुनुभयो । उहाँले नगद २ हजार ५ सय प्राप्त गर्नुभयो । बिहिबार (भोलि) मरिक एफसी धरानले भारत सिलिगुडीको पारिजात फुटबल संघसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि मंगलबार भएको पहिलो क्वाटरफाईनल खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।

गोल्डकपको विजेताले नगद ३ लाख ३२१ रुपैँया र उपविजेताले एक लाख ५० हजार ३२१ रुपैँया सहित ट्रफी पाउने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान ५–५ हजार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताउनुभयो । गोल्डकपमा ८ वटा टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : 9:11 pm

बालबालिकामाथिको ट्रोलिङप्रति गम्भीर चिन्ता

ताप्लेजुङ, वैशाख २१ गते । राष्ट्रिय महिला आयोगले सामाजिक सञ्जालमा

पाथीभरामा भरियालाई आवेदन दिन अनिवार्य

ताप्लेजुङ, वैशाख २१ गते । पाथीभरा मन्दिर क्षेत्रमा खटिने तीर्थयात्री

हाइड्रोपावरको निःशुल्क स्वास्थ्य शिविर : ४ सय १७ जना लाभान्वित 

ताप्लेजुङ, बैशाख १९ गते । सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडले

मेरिङदेनमा शिविर मार्फत ५८ कुकुर तथा बिरालोको बन्ध्याकरण 

ताप्लेजुङ, बैशाख १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कुकुर तथा

ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, बैशाख १६ गते । ताप्लेजुङमा निःशुल्क आँखा परीक्षण तथा