ताप्लेजुङमा हराएको मोटरसाइकल फेलापारि सम्बन्धित धनीलाई बुझाइयो



ताप्लेजुङ, मंसिर ९ गते । ताप्लेजुङमा हराएको मोटरसाइकल फेलापारि सम्बन्धित धनीलाई बुझाइएको छ । कात्तिक २८ गते फुङलिङ नगरपालिका –५ भानु बसपार्कनजिक रहेको खोल्सीबाट हराएको बाइक फेलापारि सम्बन्धित धनीलाई बुझाइएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक जट्टाशंकर यादवका अनुसार प्र १–०३–०० प ५४९९ नम्बरको दावा शेर्पाको हराएको करिब १० दिनपछि फेला पारिएको हो । आइतबार फुङलिङ –५ काम्बाङ गाउँका स्थानीय रामप्रसाद दाहालको जङ्गलमा बेवारिसे अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

पार्किङ गरिराखेको ठाउँबाट मोटरसाइकल हराएपछि शेर्पाले कात्तिक २९ गते प्रहरीमा खोजीकार्यका लागि निवेदन दिनुभएको थियो । सोहीक्रममा खोजी गर्दा जङ्गलमा फेला पारिएको र कार्यालयमा ल्याएर सबै सवारी कागजअनुसार सबै जाँचगरि सम्बन्धित धनीलाई बझाइएको बताइएको छ ।

चोरी गर्ने व्यक्ति पहिचान भइनसकेको र अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : 8:18 pm

ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो

ताप्लेजुङ, साउन २७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो

मध्य मेवा जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

ताप्लेजुङ, साउन २७ गते । ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको

अल्लोबाट निर्मित सामग्री उत्पादन सम्वन्धी तालिम सम्पन्न

ताप्लेजुङ , साउन २७ गते । ताप्लेजुङको फुरुम्बुमा अल्लोबाट निर्मित

पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने

सौगात विष्टताप्लेजुङ, साउन २२ गते । जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ

मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको