तेम्बा बजारका आगलागी पीडितलाई राहत वितरण



ताप्लेजुङ, मंसिर ६ गते । ताप्लेजुङको तेम्बा बजारका आगलागी पीडितलाई नेपाली कम्युनिष्ट पार्टी, वाईसीएल नेपाल र रेडक्रस सोसाइटी ताप्लेजुङले राहत वितरण गरेको छ । मङ्गलबार मध्यराति भएको आगलागी पीडितलाई आर्थिक सहयोग सँगै राहत वितरण गरिएको हो । 

नेपाली कम्युनिष्ट पार्टी र वाईसीएल नेपालले आगलागी पीडितहरूलाई नगद २ लाख १९ हजार २२४ रुपियाँ सहयोग सहयोग गरेको वाईसीएल नेपाल ताप्लेजुङका अध्यक्ष कैलाश माबोले जानकारी दिनुभयो । यस्तै रेडक्रस सोसाइटी ताप्लेजुङले म्याट्स सहित, सरसफाइ किट, चामल, दाल, तेल, नुन, चिनी लगायतका खाद्यान्न राहत सामग्री वितरण गरेको छ । 

 मिक्वाखोला गाउँपालिका–४ साँवाको तेम्बा बजारमा आगलागी हुँदा इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूको घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो । उक्त आगलागीबाट एक करोड १८ लाख रुपियाँ भन्दा बढीको क्षति भएको थियो ।

 

प्रकाशित मिति : 6:49 am

ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो

ताप्लेजुङ, साउन २७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो

मध्य मेवा जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

ताप्लेजुङ, साउन २७ गते । ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको

अल्लोबाट निर्मित सामग्री उत्पादन सम्वन्धी तालिम सम्पन्न

ताप्लेजुङ , साउन २७ गते । ताप्लेजुङको फुरुम्बुमा अल्लोबाट निर्मित

पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने

सौगात विष्टताप्लेजुङ, साउन २२ गते । जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ

मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको