जेन जी एकताको अभियान ताप्लेजुङबाट सुरु 



ताप्लेजुङ, कात्तिक २१ गते । जेन जी युनाइटेड मुभमेन्टले एकताको अभियान सुरु गरेको छ । शुक्रबार ताप्लेजुङबाट पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म जेनजी एकता अभियान सुरु गरेको हो । 

“यदि जेनजी एक भएन भने सहिदका आत्महरु सधैँ भौतारी रहनेछन्, घाइते हृदयहरु कहिल्यै निको हुने छैनन्, र नेपाल आमाका आँसुहरू कहिल्यै सुक्ने छैनन्” भन्ने नाराका साथ सुरु भएको एकता अभियान महाकाली पुगेर रोकिने युनाइटेडले जनाएको छ । 

अभियान उद्देश्य एउटै एकता रहेको उहाँहरूको भनाई छ । अहिले जेनजीहरु विभाजित भइरहेको अवस्थामा यो एकताको अभियान सञ्चालन गर्न अति आवश्यक रहेको बताइएको छ । एकता अभियान फुङलिङ नगरपालिका वडा नं. ६ कभर्ड हलबाट र्‍यालीका साथ सुरु भई तोक्मे पुगी फेरी फर्की विरेन्द्र चोकमा कोण सभामा परिणत भएको थियो । 

कोण सभामा विभिन्न सांस्कृतिक कार्यक्रम साथै नाटक देखाइएको थियो । साथै अभियानको बारे पनि जानकारी गराइएको थियो । 

प्रकाशित मिति : 6:59 pm

ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो

ताप्लेजुङ, साउन २७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो

मध्य मेवा जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

ताप्लेजुङ, साउन २७ गते । ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको

अल्लोबाट निर्मित सामग्री उत्पादन सम्वन्धी तालिम सम्पन्न

ताप्लेजुङ , साउन २७ गते । ताप्लेजुङको फुरुम्बुमा अल्लोबाट निर्मित

पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने

सौगात विष्टताप्लेजुङ, साउन २२ गते । जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ

मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको