पश्चिमी वायुको प्रभाव-देशका अधिकांश पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना



काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका अधिकांश पहाडी भूभागमा मौसम बदली भई हल्कादेखि मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा यसको प्रभाव बढी देखिनेछ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्नेछ। बाँकी पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुने सम्भावना छ। महाशाखाले राति पनि देशका मध्य र पश्चिमका पहाडी भूभागमा बादल लाग्ने क्रम जारी रहने जनाएको छ।

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले मौसम बदली भएको र यसका कारण तापक्रममा सामान्य गिरावट आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

प्रकाशित मिति : 7:43 am

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा