देउसी भैलोबाट संकलित रकमबाट प्रहरीले किन्यो मोटरसाइकल



पोखरा । पोखराको लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदामले तिहारमा खेलेको देउसी भैलो कार्यक्रमबाट संकलित रकमले मोटरसाइकल खरिद गरेको छ। देउसी भैलोबाट जम्मा भएको २ लाख एक्काइस हजार पाँचसय चौध रुपैयाँमा कार्यालयको तर्फबाट केही रकम थप गरी दुई लाख चौंबीस हजार नौ सय सत्तरी रुपैयाँमा मोटरसाइकल खरिद गरिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो।

उक्त मोटरसाइकल जिल्ला प्रहरी प्रमुख एसपी नवीन कार्कीले सोमबार वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नमराज भट्टराईलाई हस्तान्तरण गर्नुभयो। वडा प्रहरी कार्यालय बैदामले कात्तिक ३ गते लक्ष्मीपूजाको अवसरमा देउसी भैलो कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, एसपी कार्की, पोखराका व्यवसायी र सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरू सहभागी रहेका थिए।

भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीका २७ वटा कार्यालय, मोटरसाइकल र सवारीसाधन जलाएका थिए। त्यसपछिको क्षति पुनःस्थापनाका लागि देउसी भैलोबाट संकलित रकम प्रयोग गरिएको डिएसपी बस्नेतले बताउनुभयो।

प्रकाशित मिति : 7:16 am

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : पाँचथर फाइनलमा प्रवेश

ताप्लेजुङ, भदौ १७ गते । पाँचथरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : फाइनलका लागि झापा–११ र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : सलहेश फाइनलमा प्रवेश 

ताप्लेजुङ, भदौ १६ गते । सलहेश युवा क्लब सिराहा अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : पहिलो सेमिफाइनल खेलमा भारत र सलहेशबिचको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप