देउसी भैलोबाट संकलित रकमबाट प्रहरीले किन्यो मोटरसाइकल



पोखरा । पोखराको लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदामले तिहारमा खेलेको देउसी भैलो कार्यक्रमबाट संकलित रकमले मोटरसाइकल खरिद गरेको छ। देउसी भैलोबाट जम्मा भएको २ लाख एक्काइस हजार पाँचसय चौध रुपैयाँमा कार्यालयको तर्फबाट केही रकम थप गरी दुई लाख चौंबीस हजार नौ सय सत्तरी रुपैयाँमा मोटरसाइकल खरिद गरिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो।

उक्त मोटरसाइकल जिल्ला प्रहरी प्रमुख एसपी नवीन कार्कीले सोमबार वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नमराज भट्टराईलाई हस्तान्तरण गर्नुभयो। वडा प्रहरी कार्यालय बैदामले कात्तिक ३ गते लक्ष्मीपूजाको अवसरमा देउसी भैलो कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, एसपी कार्की, पोखराका व्यवसायी र सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरू सहभागी रहेका थिए।

भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीका २७ वटा कार्यालय, मोटरसाइकल र सवारीसाधन जलाएका थिए। त्यसपछिको क्षति पुनःस्थापनाका लागि देउसी भैलोबाट संकलित रकम प्रयोग गरिएको डिएसपी बस्नेतले बताउनुभयो।

प्रकाशित मिति : 7:16 am

अन्तराष्ट्रिय आमन्त्रण आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २८ गते । अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप

ताप्लेजुङको सिदिङ्वाबाट अवैध काठसहित सात ट्रक नियन्त्रण

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङमा अवैध रूपमा काठ ढुवानी

दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मंसिर ७ गतेबाट, पुरस्कार अलैँची

ताप्लेजुङ, कात्तिक २६ गते । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा

ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका थप

ताप्लेजुङ, कात्तिक २७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका

ताप्लेजुङमा मनाइयो महागुरु फाल्गुनन्दको जन्मजयन्ती

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङमा किराँत धर्मका महागुरु तथा